राष्ट्रिय समाचार

 जिफन्ट कास्कीमा धादिङको नेतृत्व

By Dhading News

August 23, 2014

हरि पन्त

 पोखरा-नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कास्कीको शनिबार पोखरामा सम्पन्न दोश्रो अधिवेशनबाट धादिङका मेघबहादुर न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित न्यौपाने धादिङ नलाङ गाविस वडा नं. ३ का वासिन्दा हुनुहुन्छ । लामो समयदेखि पोखरामा यातायात मजदूरको रुपमा काम गर्दै आउनुभएका न्यौपाने धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्यका साथै नलाङ इकाइका अध्यक्ष समेत हुनुहुन्छ । यस्तै अधिवेशनबाट धादिङकै सूर्यप्रसाद उपाध्याय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

धादिङ जिल्ला आगिन्चोक गाविस वडा ५ घर भइ हाल पोखरामा निर्माण मजदूरको रुपमा काम गर्दै आउनुभएका उपाध्याय धादिङ–पोखरा सम्पर्क समिति र आगिन्चोक इकाइका आजीवन सदस्यका साथै क्युपेक नेपाल कास्कीका सह–सचिव समेत हुनुहुन्छ । अधिवेशनबाट सचिवमा मिलन तिमिल्सिना र कोषाध्यक्षमा रोजी श्रेष्ठ का साथै सदस्यहरुमा शिवराज गिरी, विष्णुमाया सारुमगर, विष्णु कुँवर, रत्न राना र पदमबहादुर मगर निर्वाचित भएका छन् ।