कभर फोटो

धादिङ जिल्ला अस्पतालको एक्सरे १२ दिन पछि वन्यो

By धादिङ न्यूज

August 26, 2014

धादिङ –स्तरबृद्धिको प्रतिक्षामा रहेको जिल्लाकै एक मात्र सरकारी अस्पताल धादिङ जिल्ला अस्पतालको एक्सरे मेशिन विग्रिएको १२ दिन पछि मर्मत भई संचालनमा आएको छ । मेशिनमा अत्याधिक गतिमा बिद्युत्त प्रवाह  ( हाईभोल्टेज) भएपछि साउन २७ गते एक्सरे सेवा रोकिन पुगेको थियो । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बितरित बिद्युत्तलाईनमा देखिएको लापरवाहीका कारण अस्पतालको एक्सरे विग्रिन पुगेपछि मर्मतमा ढिलाई हुंदा विरामीहरु मर्कामा पर्दै आईरहेका थिए । विग्रिएको सामान मर्मतका लागि काठमाण्डौंवाट प्राविधिकहरु आउन ढिला हुंदा अस्पताल १२ दिन सम्म एक्सरे सेवा विहिन हुन पुगेको एक स्वास्थ्यकर्मीले बताए । अस्पतालको एक्सरे मेशिन संचालन नहुंदा जटिल प्रकारका समस्या लिएरआएका विरामी थप मारमा पर्दै आईरहेका थिए ।