प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई रकम हस्तान्तरण गर्दै किशोरी समुहका प्रतिनिधिहरु

महिला तथा बालबलिका

किशोरी समुहको पहलमा वाढी पिडितलाई सहयोग

By धादिङ न्यूज

August 27, 2014

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई रकम हस्तान्तरण गर्दै किशोरी समुहका प्रतिनिधिहरु

धादिङ,–आफ्नो उमेर समुहका किशोरीहरु वाढी पहिरोको चपेटामा परेर कष्टकर जिवन विताउन वाध्य भएको भन्दै धादिङ थांक्रे गाविसका किशोरीहरुले सिन्धुपाल्चोकका वाढी पिडितका लागि राहत सहयोग गरेका छन । मंगलवार जिल्ला प्रशासन कार्यालय धादिङमा पुगि किशोरी समुहले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई नगद ११ हजार २५ रुपैया हस्तान्तरण गरेका हुन । कृष्णजन्माष्टमीको दिन सांस्कृतिक कार्यक्रमको आयोजना गरी संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्रिको उज्यालो किशोरी समुह थांक्रेकी इन्दिरा सुवेदीले वताउनु भयो । सिन्धुपाल्चोकको माङखा गाविसमा गएको भिषष पहिरोमा परी मारमा परेका वालवालिका र किशोरीहरुको सहयोगार्थ उज्यालो किशोरी समुह,शुभारम्भ युवा समुह र शुभारम्भ युवा समुहले कृष्णअष्टमीको अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरी १ सय ७० जनावाट ११ हजार २५ रुपैंया संकलन गरेको वताईएको छ । मंगलवार रकम हस्तान्तरण कार्यक्रममा जिल्लामा कृयाहिल संचारकर्मी,विभिन्न राजनैतिक दलका प्रतिनिधि,गरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सिन्धुपाल्चोक वाढी पहिरो पिडितका लागि यस अघि धादिङ नेत्रहिन संघले पनि सदरमुकाम धादिङबेसीमा राहत संकलन गरी जम्मा गरेको ९ हजार ६५ रुपैया प्रमुख जिल्ला अधिकारी मार्फत केन्द्रिय कोषमा पठाएको थियो ।