खोजखबर

कालो कोट र सेतो कोट

By धादिङ न्यूज

August 27, 2014

राधिका श्रेष्ठ हामीले अध्ययन गर्दै जाँदा प्रवेशिका परीक्षा दिएर बसेपछि सबै जनाले आफ्नो भविष्यको लागि कुन विषय  लिएर पढ्ने भन्ने कुरा सबैको  मानसिकतामा रहन्छ ।  सबैको पहिलो सोच राम्रै विषय पढ्ने चाहाना राख्र्दछन् । प्राविधिक शिक्षा लिएर दक्ष जनशतिm बढ्ने मानिसहरुको  चाहाना रहेको हुन्छन् । तर विभिन्न कारण बस  केही मानिसहरु मात्रै प्राविधिक शिक्षा हाँसिल गर्न  सफल हुन्छन्  । ती मध्ये कालो  कोट र सेतो कोट  पनि एक विशिष्ट मानिन्छन्  । यहाँ अचम्मको विषय बन्न सक्ला  कालो  कोट र सेतो कोट के हो भनेर ? तर हाम्रो देशमा कालो  र सेतो कोट राज्यको  ग्रामिण स्तर देखि केन्द्रिय स्तर सम्म सर्वब्यापक मानिन्छ । राज्यका महत्व पूर्ण  अङगका रुपमा रहेको  छ । यी विना राज्य  अपङ्घता सरह हुन्छ । राज्य  संचालनको  क्रममा महत्वपूर्ण कामहरुको  कालो कोट लगाउनेहरुबाट सुरुवात रहन्छ ।  जुन हरेक जनताहरुसंग प्रत्यक्ष सम्बन्ध रहेको  हुन्छ । कालो कोट राज्यको ब्यबस्थापिका कार्यालयको प्रमुख प्रधान न्यायधिस  वकिल हुन्  भने  सेतो  कोट राज्यको  तेस्रो आँखा स्वास्थ्य क्षेत्रका आधिकारीक  ब्यतिm पर्दछन्  । यिनीहरुको फरक फरक किसिमका  काम कर्तब्य,निति र नियमहरुमा आबद्ध रहेर  काम गरिहेका हुन्छन् । बास्तवमा यिनीहरुको  सम्बन्ध ्रएक आपसमा अलग रहेता पनि जनताहरु प्रत्यक्ष रुपमा सेवा र  सुविधा लिरहेका हुन्छन् । कालो  काट  लगाउनेहरुले जनताहरुको  न्याय दिलाउने  काम गर्दछन्  । जनता माझ परेको  समस्या अन्याय ,अत्याचारको  विरुद्धमा आवाज उठाई  न्याय  प्रदान गर्ने काम गर्दछन् ।  यसले कुनै पनि जातिय भेदभाव ,बर्गीय,लैङ्घिगकको बारेमा सबैलाई समान ब्यबहार गर्ने काम गर्दछन् । यसरी ब्यतिm र समाजमा सबै राज्यको हरेक पक्षको  अन्यायमा यसले  आफ्नो हतियारलाई उठाउने गर्दछ । यसरी अन्याय र अत्याचार माथि कलम उठाउँदा उठाउँदै पनि कहिल्यै काँही कलमको मसी सक्किएर पीडितलाई  भन्दा पिडकलाई  न्याय दिन पनि सक्छ । यस अबस्थामा कालो कोटले आफ्नो विश्वासमा दाग लगाउने गर्दछ । राज्यको  यति धेरै महत्वपूर्ण अङ्घ हुदाँ पनि समयमा नै आफ्नो क्षमता अनुसार निर्णय दिने गर्दछन् । कुनै पनि काल्पनिक घटनामा आधारित मान्दा क भन्ने ब्यतिm अन्याय र अत्याचारको पीडित ब्यतिm  हो । ख भन्ने ब्यतिm अपराधि वा पिडक,शोषण हुन् । कुनै समयमा त्यो कालो कोटले यस्तो हिसाब र निसाफ गरिदिन्छ । हाल हाम्रो देशमा आएर केही समय यता देखि कालो कोटकोदुरुपयोग भएको पाइन्छ । देशको सामान्य देखि विशिष्ट स्तरका कोटहरुले अविश्वासको पात्र बनाइरहेको पाइन्छ । नातावाद,हैकमवाद,पुजीवादले यसलाई आफ्नो ठाउँबाट माथि उठ्न कालो कोटलाई सहयोग पुर्याएको छ । आज गरिब,अन्यायि सोझा साझा जनता मर्कामा परेका छन् । अर्का तिर कयौ घटनाहरु बषौं देखि बषौं सम्म  अलपत्रमा परिहेको अबस्था छ । त्यसै गरी  सेतो  कोट भने त झन् मानिसको  जीवन दानको रुपमा मानिन्छ । संसारका मानव जातिलाई  जीवन दिए जीउन सफल बनाएको छ । आज त्यहि सेतो कोटले हजारौं हजार मानिसहरुलाई महाकालबाट बचाई सुनौलो भविष्य दिइएको पाइन्छ । जीवन दानको कुरा गर्दा  कहिले  कसो यसले अपबादको रुपमा मृत्युदान दिन सम्म पछि पर्दैन । यसकारण कयौ मानिसले  यस प्रति पनि अविश्वासको पात्र बनाइरहन्छ ।  सेतो  कोट जीवनलाई काल बनेर आई सर्वस्व हरण सहित संसारबाट बिदाई हात  हल्लाई बिदा हुन्छ । यी कोटहरु जीवनको महत्वपुर्ण अङ्ग मानिदा मानिदै पनि जनताले विश्वास लिनबाट बन्चित गराईरहेको छ । ति कोटहरु आज आएर वगका आधारमा रहेर न्याय दिलाउन थालेको  छ । न्याय उपयुतm ढङगले दिलाउन नसक्नाले हजारौं  नागरिकहरुले न्यायबाट  बञ्चित रहेका छन्  ।