राष्ट्रिय समाचार

प्रहरी ज्यादती नरोके देशै ठप्प पार्ने ट्रक तथा ट्रिपर व्यवसायीको चेतावनी

By Dhading News

August 29, 2014

काठमाडौं-शान्तीपूर्ण आन्दोलन गरिरहेका वेला ट्रक तथा टि्रपर व्यवसायीहरुमाथि काठमाडौंको कोटेश्वरमा प्रहरीले दमन गरेको भन्दै बाग्मती टि्रपर व्यवसायी संघले तत्काल प्रहरी ज्यादती नरोकिए भोलीदेखि देशै ठप्प पार्ने चेतावनी दिएको छ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले आफूहरु शान्तीपूर्ण आन्दोलन गरिरहेको वेला प्रहरीले पञ्चायती शैलीमा व्यवसायी र मजदुरमाथि ज्यादती गरेको बताएको छ। संघका उपाध्यक्ष शेर बहादुर कुँवरले आफूहरु विगत एक हप्तादेखि शान्तीपूर्ण आन्दोलनमा उत्रिरहेको वेला आज एक्कासी प्रहरीले व्यवसायी र मजदुरहरुमाथि अमानवीय व्यवहार गरेको आक्रोश पोखेका छन्।