कभर फोटो

नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीवाट नष्ट

By धादिङ न्यूज

August 29, 2014

धादिङ–विभिन्न समयमा नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीले भदौ १३ गते शुक्रवार नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय परिसरको पूर्वपट्टी रहेको खाली चौरमा चौरमा १६ सय ४० ग्राम गाँजा प्रहरीले नष्ट गरेको हो । प्रहरीले साउन ३० गते धादिङको बैरेनी गाविस ९ वस्ने वर्ष ४० का अजय श्रेष्ठको घरवाट १९० ग्राम, जिल्लाकै बेनीघाट १ मलेखु वस्ने वर्ष ४२ को प्रकाश कुमार क्षेत्रीको घरवाट ७०० ग्राम र भदौ १ गते जिल्लाको पिडा ३ घर भई हाल बेनिघाट १ वस्ने वर्ष २३ को राजाराम अधिकारीको घरवाट  ७५० ग्राम लागु औषध गाँजा वरामद गरेको जनाएको छ । गाँजा सहित पक्राउ परेकाहरु जिल्ला अदालत वाट म्याद थप गरी प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।