हाम्रो पालिका

३१ औं अन्तरराष्ट्रिय बेपत्ता दिवस

By Dhading News

August 31, 2014

बाबुराम श्रेष्ठ धादिङबेसी –विश्वभर मनाईएको ३१ औं अन्तराषर््िटय बेपत्ता दिवस आईतवार धादिङबेसीमा सम्पन्न भएको छ । बेपत्ता परिवारहरुको खोज अनुसन्धानमा केही हद सम्म सहानुभूति प्रदान होस् भनी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले सो कार्यक्रमको आयोजना गरिएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापती ईश्वरी अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले द्धन्द्धको समयमा धादिङ जिल्लाबाट २५ जना बेपत्ता भएको बताउनु भयो । २०५२ साल देखि २०६२÷६३ साल सम्मको जनयुद्धमा परी ज्यान गुमाएका, र बेपत्ता परिवारहरुलाई राज्यको तर्फबाट दिँदा आएको ३ लाख राहत रकमले बेपत्ता परिवारहरुलाई केही हद सम्म जिवन निर्वाह गर्न सहयोग पुगेको पनि उहांले बताउनु भयो । धादिङ जिल्लाबाट बेपत्ता परिवारहरुलाई गर्नु पर्ने सहयोग र बेपत्ता परिवारहरुले उठान गरेको मागहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत केन्द्रिय स्तर सम्म लैजाने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । यसै गरी स्थानिय शान्ति समिति धादिङको संयोजक एबं एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले नेपालमा सत्य निरुपण र बेपत्ता छानविन आयोगको गठन गर्न सके मात्र बेपत्ता परिवारहरुकोे माग पूरा हुने बताउनु हुँर्दै बेपत्ताहरुको खोज अनुसन्धान गर्न आन्दोलनको अति आवश्यक रहेको समेत बताउनु भयो । यसै गरी नेकपा माओवादी धादिङका प्रतिनिधि शेर बहादुर भण्डारीले राज्य परिवर्तन गर्ने पहिलो पार्टी माओवादी भए पनि पछिल्लो समयमा देशको नयाँ संविधान निमार्ण गर्न लाग्ने र बहिस्कार गर्ने पार्टीहरु माओवादीहरु नै भएको दावी गर्नु भयो । वेपत्ता नागरिक परिवारका टिकानाथ कँडेलले भने २०६० साल देखि बेपत्ता परिवारहरुको कि त लास, कि त श्वास चाँहियो भनी माग गरे पनि राज्यको तर्फबाट अहिले सम्म सुनुवाई नभएको प्रति दुःख ब्यक्त गर्नु भयो । यसै गरी सोही कार्यक्रममा नेपालमा बेपत्ता भएका ब्यक्तिहरु अद्यावधिक सुची २०७१ नामक पुस्तक पनि बिमोचन गरिएको छ । कार्यक्रममा हातेमालो कार्यक्रम संयोजक सुजन रेग्मीले यस संस्थाले अहिले सम्म गर्दै आई रहेका क्रियाकलापहरु, विविधि गतिविधिहरु, सामुदायिक सचेतीकरण कार्यक्रम, जिवन उपयोगी सीप सम्बन्धी तालिम लगायत विविधि बिषय बस्तुहरुको बारेमा सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो । हातेमालो कार्यक्रम धादिङ जिल्ला लगायत ४३ जिल्लाहरुमा हातेमालो सम्बन्धी कार्यक्रमहरु सञ्चालन भैरहेको समेत सहभागिहरुलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा स्थानिय शान्ति समिति धादिङको संयोजक एबं एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, नेकपा माओवादी धादिङका प्रतिनिधि शेर बहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द प्रसाद काप्री, बेपत्ता परिवारहरुका सदस्यहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।