एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

कभर फोटो

एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

By धादिङ न्यूज

September 04, 2014

एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

पोखरा- पोखराको घारीपाटनमा रहेको एस ओ एस हर्मनमाइनरमा अध्ययनरत विद्यार्थिहरुले आफ्नो खाजा खर्चको रकम संकलन गरी वाढी पीडितलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको पहिरोमा परि विस्थापित हुन पुगेका पीडितको सहयोगको लागि विद्यालयका विद्यार्थिहरुले आफ्नो खाजाखर्च कटाई वचत गरेको रकम वाढी पीडितलाई सहयोग गरेका हुन । विद्यार्थिहरुले संकलित १८ हजार तीन सय ८३ रुपया वाढी पीडित समक्ष पुर्याउन जिल्ला प्रशासन कार्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन । विद्यालयका प्रोजेक्ट डाईरेक्टर नवाङ दोर्जे र एकेडमीक कोअर्डिनेटर गोविन केसीको उपश्थितिमा विद्यार्थि क्याप्टेनले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृतलाई सहयोग रकम हस्तान्तर गरेका थिए ।