कभर फोटो

गजुरीमा कपास उद्योगमा आगलागी,२० लाख बराबरको धनमाल क्षेती

By धादिङ न्यूज

September 09, 2014

धादिङ -विद्युत सर्ट भई कपास उद्योगमा आगलागी हुँदा २० औं लाख बराबरको धनमाल क्षेती भएको छ । मंगलबार दिँसो पौने चार बजे धादिङको गजुरी–१ गजुरी बजारमा गंगासागर नेपाल र सन्तोष रिजालको संयुक्त लगानीमा रहेको लक्ष्मी कपास उद्योगमा आगलागी भएको थियो । दिनभर विद्युत अनियमित रुपमा आउने जाने भैरहँदा करेण्ट सर्ट भई मेसिनमा आगो निस्किएको थियो । विद्युतका कारण आगलागी हुँदा मेसिन भवन, तयारी र कच्चा पदार्थ जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्न नेपाली सेना सबुज गण गजुरी, इलाका प्रहरी कार्यालय गजुरी र स्थानीयले सघाएका थिए । डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सो उद्योगमा गत वर्ष पनि आगलागी भएको थियो ।