कभर फोटो

दलाललाई लाखौं तिरेर अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

By धादिङ न्यूज

September 10, 2014

  कोष्टारिकाको बाटो हुँदै अमेरिका छिर्ने योजनामा रहेका २७ जना नेपालीहरु सोमबार कोष्टारिकामा पक्राउ परेका छन् । गत शुक्रबार कोष्टारिकाहुँदै अमेरिका छिर्ने योजनामा रहेका यस्तै ७ जना नेपालीहरुलाई कोष्टारिकाको राष्ट्रिय प्रहरीले सेन्ट्रल प्यासेफिक कोष्टमा पक्राउ गरेको थियो । उनीहरु पानामाको सिमा क्षेत्रमा पक्राउ परेका थिए । विना कागजपत्र कोष्टारिकाहुँदै अमेरिका आउने योजनामा रहेका नेपालीहरुसँगै दुईजना बंगालादेशी नागरिकहरु पनि रहेका थिए । उनीहरु एसयुभी गाडीमा चढेर निकारागुवातर्फ लाग्दै गर्दा बीचैमा पक्राउ परेका हुन् ।

         चालकलाई मानव तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उत्तरी पानामाबाट निकारागुवातर्फ जानका लागि मानव तस्करहरुले कोष्टारिकालाई मार्गको रुपमा प्रयोग गर्ने गरेको कोष्टारिकाका जन सुरक्षामन्त्री सेल्सो गाम्बोआले बताएका छन् । निकारागुवाबाट मेक्सिकोहुँदै उनीहरु संयुक्त राज्य अमेरिकामा छिर्ने गरेका छन् । मन्त्री गाम्बोआले भनेका छन् –“कोष्टारिकाको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेहरु इक्वेडरसम्म समुन्द्रको बाटो आउने र त्यसपछि स्थलमार्गहुँदै अगाडि बढ्ने जानकारी हामीसँग छ । हामी मानव तस्करीमा संलग्न स्थानीयहरु पत्ता लगाउने प्रयासमा छौं । ” पक्राउ परेका नेपालीहरुलाई उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यसपछि उनीहरुलाई अध्यागमन अधिकारीको जिम्मा लगाइएको स्थानीय सुरक्षा मन्त्रालयले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

 गत शुक्रबार कोष्टारिकामा पक्राउ परेका नेपालीहरु (तलकाे  तस्विरमा)   । सोमबार कोष्टारिकामा पक्राउ परेका नेपालीहरु (माथिको तस्विरमा)  ।  तस्विर श्राेत : कोष्टारिकाको सुरक्षा मन्त्रालय

मानव तस्करीको जालो : नेपालदेखि  -अमेरिकासम्म

    नेपाली युवाहरुलाई गैरकानुनी रुपमा इराक र अफगानिस्तान जस्ता जोखिमपूर्ण मूलुकमा पठाउनका लागि मात्र होइन, मेक्सिकोको बाटो हुदै अमेरिका छिराउनका लागि नेपालमा मानव तस्करहरुको ठूलो गिरोह सकृय रहेको छ । तर इराक र अफगानिस्तानको तुलनामा नेपाली युवालाई अमेरिका पठाउने मानवतस्करहरुको संजाल निकै डरलाग्दो रहेको छ । इराक र अफगानिस्तानको तुलनामा गैरकानुनी रुपमा अमेरिका पठाउने कार्य बढी जोखिमपूर्ण भएकाले यस्तो मानवतस्करीमा नेपाली दलालहरुको संजालको सम्बन्ध विदेशी दलालसंग जोडिएको छ । नेपालबाट यस्तो मानवतस्करीमा डनहरुदेखि मेनपावर संचालकहरुसमेत सकृय रहेका छन् । श्रोतका अनुसार नेपालबाट गैरकानुनी रुपमा अमेरिका पठाउनका लागि एकदर्जनभन्दा बढी व्यक्ति सकृय रहेका छन् । काठमाडौंमा बसेर नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराउने धन्दामा अहिले सबैभन्दा बढी पोखराका पूर्ण थापा सकृय रहेका छन् । काठमाडौंका व्यापारीहरुबाट हप्ता उठाउने डनको रुपमा  समेत चर्चा कमाएका पूर्ण थापाले अहिलेसम्म दर्जनौं नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराइसकेका छन्  । उनैले पठाएका कैयन युवा अमेरिका आउने नाममा लाखौं रकम खर्च गरेर बीचबाटै फर्काइने गरेका छन् ।  कैयन युवा अमेरिका आउने क्रममा कता बेपत्ता भए भन्ने कुराको अत्तोपत्तो नभएको समेत श्रोतले बताएको छ । नेपालबाट भारतको दिल्ली पठाइएका युवालाई राना थर भएका अर्का दलालले विभिन्न दलालहरुको सम्पर्क हुदै इक्वेडरसम्म पु¥याउने गरेका छन् । इक्वेडरमा पनि डिबी थापा नामका नेपाली दलाल सकृय रहेका छन् । इक्वेडरमा नै घरजम गरेर रेष्टुरेन्टसमेत खोलेर बसेका थापाले त्यहा“ पु¥याइएका नेपाली युवाहरुलाई कोलम्बीया पु¥याउछन् । कोलम्बियामा रहेका पोखराका बिष्णु केसीले अमेरिका छिराउनका लागि लगिएका युवाहरुलाई निकारागुवासम्म पु¥याउने चाजोपाजो मिलाउने गरेका छन् । निकारागुवाबाट , होण्डुरस हुदै ग्वाटेमाला  छिराइसकेपछि त्यहा रामकृष्ण शर्मा नाम गरेका दलालले युवाहरुलाई मेक्सिको छिराउने व्यवस्था मिलाउछन् । रामकृष्ण शर्माले पहिले नेपालमा नै रहेर युवाहरुलाई गैरकानुनी रुपमा अमेरिका छिराउने काम गर्दै आएका थिए । मेक्सिको आइसकेपछि  भने कार्लोस नामको विदेशी दलाल सकृय रहेको छ । होण्डुरसका नागरिक कार्लोसले नेपाली युवाका साथै विश्वका अन्य देशबाट आएका व्यक्तिलाई जंगलै जंगलको बाटो हुदै अमेरिकाको टेक्सास छिराउने काम गर्दै आएका छन् । नेपालबाट अमेरिका छिराउनका लागि मानव तस्करका अरु संजालहरु समेत सकृय रहेपनि यो संजाल नै मुख्य संजाल हो । यसरी छिराइन्छ अमेरिका अमेरिका आउन चाहने नेपालीहरुले सुरुमा राजधानी काठमाडौंमा रहेका मानव तस्करहरुलाई भेटेपछि सुरु हुन्छ, गैरकानुनी रुपमा अमेरिका छिर्ने कठीन यात्रा । दुबई, कतार र मलेसिया पठाउने दलालहरुजस्तै मेनपावर नै खोलेर बसेका हुदैनन् अमेरिका पठाउने मानव तस्करहरु । उनीहरुसम्म पुग्नको लागी अमेरिका आउन चाहनेहरुले विभिन्न शुत्रहरुमार्फत पहल गर्नुपर्ने हुन्छ ।  शुत्रमार्फत मानव तस्करहरु समक्ष पुगेपछि सुरु हुन्छ, पैसाको मोलतोल । एकजनालाई अमेरिका छिराउनका लागि लाग्ने रेट हो , बीस लाख । तर मोलतोलपछि केही रकम कम पनि हुन सक्छ । मोलतोल गर्न सक्नेहरुका लागि त १०÷१२ लाखमै पनि छिनोफानो हुने गरेको श्रोतको दावी  छ । श्रोत भन्छ – “गत वर्षसम्म ९ लाखमा समेत अमेरिका छिराउने दलालहरु भेटिन्थे तर अहिले भने १८ लाख घटी कसैले पनि पठाउदैन ।” पैसाको छिनोफानो काठमाडौंमा हुन्छ । पचास प्रतिशत रकम उतिबेलै खनखनी गनेर दिनुपर्छ दलाललाई । बा“की रकम भने अमेरिकाको टेक्सास आइपुग्दासम्म दिएपनि हुन्छ । दलाललाई रकम बुझाएपछि अमेरिका जानका लागि मिति तय गरिन्छ । एकपटकमा १५÷२० जनासम्मलाई पठाइने भएकाले दलाललाई पैसा बुझाएको अबधीबाट अमेरिकातर्फको यात्रा सुरु गर्नका लागि दुई तीन महिनासमेत लाग्न सक्छ । यात्रा सुरु गर्नु अगाडि अमेरिका आउनेका लागि केही अनिवार्य शर्त र नियमहरु राखिएको हुन्छ । खनखनी गनेर पैसा बुझाएपनि बीचबाटोमा पक्राउ परेमा वा पक्राउ पछि नेपाल पठाइएमा पनि दलाललाई बुझाएको रकम फिर्ता नहुने पहिलो शर्त हो । अमेरिका पुग्दासम्म बीचबाटोमा आइपर्ने सबैखाले जोखिमको लागि अमेरिका पठाउनेकाममा सकृय दलालहरु होइन, जाने व्यक्ति आफै उत्तरदायी हुनुपर्ने अर्को शर्त हो । किनभने गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा ज्यानै जानेसम्मको खतरा समेत हुने गरेको छ । अमेरिका जाने यात्रामा निस्किसकेपछि मोबाइल, घडी, क्यामेरा वा अन्य कुनै धातुजन्य बस्तु बोक्न प्रतिबन्ध लगाइएको हुन्छ । किनभने जंगलको बाटो हिड्दा हवाइ गस्तीका क्रममा मेटल डिटेक्टर समेत प्रयोग हुनसक्ने भएकाले सुरक्षाका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइने गरेको श्रोतले जानकारी दिएको छ । नेपालबाट हिडिसकेपछि नेपालमा रहेका आफन्तहरुलाई फोन गर्नसमेत प्रतिबन्ध लगाइएको हुन्छ । सुरक्षा निकायले फोन ट्यापीङ गर्न सक्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो । केही खाद्य पदार्थ र लत्ता कपडाबाहेक अरु कुनै सामान बोक्न नपाइने नियम बनाएका छन्, मानव तस्करहरुले । अर्कातर्फ अमेरिका आउन चाहने व्यक्तिलाई बाटोको बारेमा र सम्पर्क व्यक्तिको बारेमा कतै कही नबोल्न कसम खुवाइएको हुन्छ । नेपालबाट अमेरिका आइपुग्दासम्म विभिन्न देश पार गर्दै आउनुपर्ने हुन्छ । ती देशहरुमा मानव तस्करहरुको आफ्नै सम्पर्क व्यक्ति राखिएको हुन्छ र उनीहरुसंग नेपालबाट पठाउने मानव तस्करहरुले नै सम्पर्क गराइदिन्छन् । अमेरिका पठाइने व्यक्तिलाई सुरुमा नेपालका मानवतस्करहरुले भारतको दिल्ली पठाउछन् । दिल्लीबाट दुबई पठाउनका लागि त्यहा“ अर्को एजेन्ट स्टान्डबाई राखिएको हुन्छ । दिल्लीबाट दुबईको भिसा पाउन सजिलो हुने भएकाले दलालहरुले दिल्लीको बाटो हुदै पठाउने गरेको श्रोतको भनाई छ । कुनै कुनै दलालहरुले भने सिधै दुबई पठाउने समेत गरेका छन् । इक्वेडरमा सम्पर्कका लागि पनि नेपाली दलाल नै राखिएको छ । तर इक्वेडरसम्म पुग्ने बाटो भने फरक फरक हुने गर्छ । कसैलाई दुबई हुदै विभिन्न देशहरु पारगरेर इक्वेडर पठाउने गरिन्छ भने कसैलाई सिंगापुरको बाटो पठाइन्छ । यसरी नेपालबाट इक्वेडरसम्म पठाउदा कम्तीमा तीनमहिनादेखि एकवर्षसम्मको अवधि लाग्छ । कुनै कुनै व्यक्ति त इक्वेडरसम्म छिर्नै नपाई दुबई वा सिंगापुरमा नै समातिने गर्छन् । यसरी पक्राउ परेका व्यक्तिलाई सम्बन्धित देशले नेपालमा नै फिर्ता पठाइदिने गरेको छ । हवाई यात्रा गर्नुपर्ने भएकाले गैरकानुनी रुपमा इक्वेडर छिर्न सम्भव छैन । त्यसैले जुनदेशबाट भिसा पाउन सजिलो हुन्छ, त्यहींदेशबाट एप्लाई गर्ने व्यवस्था नेपाली दलालहरुले नै मिलाएका हुन्छन् । इक्वेडरमा भिसा पाउन सजिलो भएकाले गैरकानुनी रुपमा अमेरिका छिर्नका लागि पहिलो ढोका पनि यहीं नै खुल्ने गरेको छ ।  इक्वेडरमा तीनमहिनासम्मको पर्यटक भिसामा छिराइसकेपछि भने हवाई यात्राको क्रम पनि अन्त्य हुन्छ । त्यसपछि अमेरिका छिर्ने यात्रामा निस्किएको व्यक्तिले पासपोर्ट पनि त्यहीं च्यातेर मिल्काउनुपर्ने हुन्छ । साथमा परिचय खुल्ने कुनै कागजपत्र पनि बोक्न पाईदैन । दक्षिण अमेरिकी देश इक्वेडरमा पुगेपछि त्यहा रहेका नेपाली दलालले विदेशी दलालको सहयोगमा दक्षिण अमेरिकाकै अर्कोदेश कोलम्बीया पु¥याउछन् । कोलम्बियाबाट सुरु हुन्छ मध्य अमेरिकी देशतर्फको यात्रा । दलालहरुले कोलम्बियाबाट मध्य अमेरिकाको निकारागुवा, होण्डुरस हुदै ग्वाटेमाला  छिराउने गर्छन् । ग्वाटेमालामा पनि नेपाली दलालहरु मार्फत त्यहाबाट अझ अगाडिको बाटो तय गरिन्छ । ग्वाटेमालाबाट उत्तर अमेरिकातर्फको यात्रा सुरु हुन्छ । त्यहाबाट उत्तर अमेरिकी देश मेक्सिकोमा आइसकेपछि भने पूर्णरुपमा नै विदेशी दलालको जिम्मा लगाइन्छ । त्यसपछि मेक्सिकोबाट जंगलैजंगलको बाटो दलालले अमेरिकाको टेक्सासमा छिराउछ । इक्वेडरबाट टेक्साससम्म आइपुग्दा पनि कम्तीमा तीनमहिनादेखि एकवर्षसम्मको अवधी लाग्छ । ज्यानै जाने जोखिम लाखौं खर्च गरेर पनि सुरक्षित तरिकाले अमेरिका छिर्न पाइने कहा“ हो र ? अमेरिका आउने क्रममा बीच बाटोबाटै फर्काइनेमात्र होइन, ज्यानैजानेसम्मको खतरासमेत हुने गर्छ । दलाललाई लाखौं रकम बुझाउदा घरखेत त डूब्यो डूब्यो , ज्यानै जाने समेत खतरा हुने भएकाले घरपरिवारको समेत बिचल्ली हुने गरेको छ । इक्वेडरबाट मेक्सिकोहुदै अमेरिका छिर्ने क्रममा जंगल, ताल, खोला, समुन्द्र र मरुभूमीसमेत पार गर्नुपर्ने भएकाले भयंकर जोखिमको सामना गर्नुपरेको हो । घनाजंगलमा हवाइ गस्ती छलेर रातको समयमा हिड्नुपर्ने भएकाले कुनै कारणबस जंगलमा कुनै पनि छुटेको खण्डमा त्यो व्यक्ति जंगली जनावरको शिकार हुनुबाहेक अरु कुनै विकल्प छैन । नौ महिना लगाएर इक्वेडरदेखि अमेरिकाको टेक्सास आएका सुजन केसी भन्छन् – “ जंगलमा हराइयो भने फर्केर आउने आशा नगरे हुन्छ । ” दिनको समयमा जंगलमा छाप्रा बनाएर सुत्ने र रातीको समयमा हिड्नुपर्ने भएकाले रातीमा हिड्दा काडाले कोतर्ने, हिलोमा फस्ने, लडेर शरिरमा चोटपटक लाग्ने जस्ता कुरा सामान्य हुने गरेको उनको अनुभव छ । त्यो बाहेक कैयनदिन भोकभोकै समेत हिड्नुपर्ने हुन्छ । उनी भन्छन् –“चार पा“चदिनसम्म भोकभाकै हिड्नुपर्दा घा“स र सिउडीका काडा खाएर समेत भोक मेटाइयो ।” मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा जंगल पार गर्दा अमेरिकन सेनाको हवाइ गस्तीले फेला पारेमा गोली हान्ने सम्मको खतरा रहन्छ । त्यतीमात्र नभई समुन्द्रको यात्रा गर्दा डुंगा नै पल्टने र सबैको ज्यान जाने खतरा समेत उत्तिकै हुन्छ । गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा यसरी ज्यान गुमाउनेको बारेमा कसैलाई पनि पत्तो हुदैन । जथाभावी समुन्द्रको बाटो हिड्दा समुन्द्री छालका कारण पटकपटक दूर्घटना हुने गरेको छ । समुन्द्रको छालले डूंगा दूर्घटना हु“दा निकै मुस्किलले बाचेका सुजन भन्छन् –“ समुन्द्रको किनारामा दूर्घटना भएकाले पानी खाएरै भएपनि बा“च्न सफल भइयो । नत्र समुन्द्रको बीचतिर दुर्घटना भएको भए बाच्ने कुनै सम्भावना थिएन ।” मेक्सिकोबाट गैरकानुनी अमेरिका आउने क्रममा को कसले कसरी ज्यान गुमाउनुपर्छ भन्ने कुनै ठेगान हुदैन । कतिपयका शव समेत फेला पर्दैन भने शव भेटिएपनि परिचय खुल्ने कुनै कागजपत्र नहुने भएकाले कुन देशको नागरिक हो भन्ने समेत पत्ता लगाउन मुस्किल हुन्छ । समुन्द्र र जंगलमा यसरी मारिएका व्यक्तिको पटकपटक शब भेटिने गरेको छ ।

– खसोखास साप्ताहिक न्युयोर्क