कभर फोटो

पुर्व बिद्यार्थीवाट नीलकण्ठ उच्च माविलाई सहयोग

By धादिङ न्यूज

September 12, 2014

धादिङबेसी–सामाजिक कार्यमा निरन्तर रुपमा काम गर्दै आई रहनु भएका नीलकण्ठ उमावि धादिङका पूर्व विद्यार्थी सुमन परियारले बिहीवार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ उमावि धादिङलाई १ लाख ३६ हजार ९ सय ७ रुपैंया विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । नीलकण्ठ उमावि धादिङबेसीलाई जिल्ला कै एउटा नमुना विद्यालयको रुपमा देश तथा विदेशमा चिनाउने उद्धेश्यका साथ रकम हस्तान्तरण गरिएको समाज सेवी तथा नीलकण्ठ उमाविका पूर्व विद्यार्थी सुमन परियारले जानकारी दिनुभयो । धादिङ जिल्लाकै एक मात्र स्नाकोत्तर पढाई हुने नीलकण्ठ उमाविमा विद्यायलको सौदर्यता बढाउन बगैचाको आवश्यकताको महसुश गर्दै अष्टे«लिया, मकाउ, अमेरीका, स्पेन, जापान, ओमन, दुवई , बंगलादेश काठमाण्डौ र भैरवहवा रहेका पूर्व विद्यार्थीहरुबाट १ लाख ४ हजार ८ सय २९ र नीलकण्ठ उमाविमा अध्ययन नगरेका विद्यार्थीहरुबाट ३२ हजार ७८ रुपैंया आर्थिक रकम संकलन गरी कुल १ लाख ३६ हजार ९ सय ७ रुपैंया उक्त विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीलाई हस्तान्तरण गरिएको हो । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उमावि सरकारी विद्यालय भए पनि विद्यालयको मर्मत, रङरोगन जस्ता कार्यक्रहरु ग्र्न अन्य सञ्चालहरुले सहयोग गर्दै आई रहेको उहााले बताउनु भयो ।