धादिङ- धादिङ जिल्लावाट सरुवा भएर गृह मन्त्रालय जानु भएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई कर्मचारी मिलन केन्द्र धादिङले आईतवार एक कार्यक्रमका बिच विदाई गरेको छ । मिलन केन्द्रका उपाध्यक्ष सुमन गिरीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा धादिङका जिल्ला न्यायधिश रमेशकुमार पोखरेल,स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल,प्रमुख कोष तथा लेखा नियन्त्रक चन्द्रप्रसाद भुसालका साथै विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । वैशाख २२ गते खोटाङवाट धादिङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आउनु भएका नेपाल भदौ २६ गतेको गृह मन्त्रालयको निर्णयवाट मन्त्रालयमा फिर्ता हुनु भएको हो । नेपाल मन्त्रालय गएपछि रिक्त हुने प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न वासुदेव घिमिरे मन्त्रालयवाट धादिङ सरुवा हुनु भएको छ ।
कर्मचारी मिलन केन्द्रले विदाई गर्नु अघि प्रमुख जिल्ला अधिकारी नेपाललाई जिल्ला प्रशासन कार्यालयको तर्फवाट पनि विदाई गरिएको थियो । कार्यालयमा आयोजित विदाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल,नन्दलाल शर्माका साथै कार्यालयमा कार्यरत कर्मचारीहरुले टिका लगाईदिनुका साथै उपहार दिएर प्रजिअ नेपाललाई विदाई गरेका थिए ।