हाम्रो पालिका

धादिङ जिल्ला स्वास्थ्य देशभरीकै दोश्रो उत्कृष्ठमा

By Dhading News

September 14, 2014

धादिङ,- धादिङ जिल्ला स्वास्थ्य कार्यालय देशभरीकै दोश्रो उत्कृष्ठमा परेको छ । स्वास्थ्य कार्यालय अन्र्तगत रहेका स्वास्थ्य केन्द्र, अस्पताल तथा स्वास्थ्यकर्मीहरुवाट बर्षभरी प्रवाह भएको सेवा सुविधाको मुल्याङकन गरी मन्त्रालयले धादिङलाई देशभरीकै दोश्रो उत्कृष्ठ कार्यालय घोषणा गरेको हो । स्वास्थ्य कार्यालय र सो मातहत रहेका विभिन्न इकाईहरुवाट प्रवाह हुने सेवा सुविधा,औषधोपचार लगायत विभिन्न ३३ वटा बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्षभरी गरेको मुल्याङ्कनवाट धादिङले ८७.३ प्रतिशत अंक ल्याई दोश्रो स्थान हासिल गरेको हो । मन्त्रालयका अनुसार यो बर्ष रुपन्देही जिल्ला ८८.५ अंक ल्याएर देशभरीमै पहिलो वन्न सफल भएको छ । मध्यमाञ्चल क्षेत्रको स्वास्थ्य कार्यालयहरुको हेटौंडामा जारी क्षेत्रीय बार्षिक समिक्षा गोष्ठिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीकै उत्कृष्ठ स्वास्थ्य कार्यालयहरुको नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयको मुल्याङ्कनका आधारमा सुर्खेत जिल्ला स्वास्थ्य कार्यालय ८४ अंक ल्याएर तेश्रो उत्कृष्ठ वनेको छ । धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहमम्द दाउदका अनुसार कार्यालयको वेरुजु फर्छयौट,तथ्याङ,कार्यालय र मातहतका स्वास्थ्य केन्द्रहरुवाट प्रवाह गरिने सेवा सुविधा, निःशुल्क औषधि बितरण,कर्मचारीको नियमितता लगायतका ३३ वटा बिषयमा मन्त्रालयले हरेक बर्ष प्राविधिक टोली मार्फत मुल्याङकन गर्ने गर्दछ । उत्कृष्ठ वन्न सफल भएका जिल्ला स्वास्थ्य कार्यालयहरुले पुरस्कार स्वरुप मन्त्रालयवाट थप सेवा सुविधा पाउने दाउदले वताउनु भयो । धादिङमा अहिले सरकारी स्तरमा जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ३३, उपस्वास्थ्य चौकी १६, खोप क्लिनिक २२५, गाउंघर क्लिनिक १९१ र महिला स्वास्थ्य स्वयमसेविका ४६३ जना मार्फत स्वास्थ्य सेवा प्रवाह हुंदै आईरहेको छ । यसैगरी निजी क्षेत्रबाट करिव एक दर्जन अस्पताल र पोलिक्निनिक संचालनमा रहेका छन् ।