हाम्रो पालिका

बाल दिवश मनाइयो, बालक्लव बाट मजदुर विद्यार्थीलाई सहयोग

By Dhading News

September 14, 2014

रामचन्द्र रुपाखेती महादेववेशी, -राष्ट्रिय बाल दिवश २०७१ बालवालिकाको कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौ भन्ने मुल नाराका साथ थाक्रेको जनजागृति माध्यमिक विद्यालयमा भाद्र २९ गते सडक र्याली, छात्रवृत्ति वितरण, स्पेलिङ्ग कन्टेष्ट लगाएतको कार्यक्रम सहित मनाइएको छ । जनजागृति मा.वि को सहयोग तथा लालिगुराँस बाल क्लवको आयोजनामा सम्पन्न कार्यक्रममा झण्डै ८०० जना विद्यार्थी, अभिभावक, शिक्षक लगाएतको सहभागीतामा महादेववेशी बजार परिक्रमा गरेको थियो । सडक र्यालीमा बालवालिकाको कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौ, बाल श्रम शोषण अन्त्य गरौ, बाल दिवश सफल पारौ, विद्यालय शान्ति क्षेत्र कायम गरौ, विद्यालयमा राजनीतिक हस्तक्षेप वन्द गरौजस्ता नारा लेखिएको प्लेकार्ड, व्यानरमा सडक र्याली गरिएको थियो । र्यालीमा दृष्टिविहिन बालवालिको समेत सहभागिता रहेको थियो । र्याली पछि विद्यालयमा आयोजित कार्यक्रममा लालिगुराँस बाल क्लवबाट आग्रा खोलामा रोडा ढुङ्गामा काम गर्ने टुहुरा वालक युवराज तामाङ्ग लाई विद्यालय पोशाक, स्टेशनरी सामाग्री प्रदान गर्नुका साथै, अन्य ५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई एक एक दर्जन कापी र पेन्सिल प्रदान गरिएको थियो । त्यस्तै प्राथमिक तहमा म्यूजिकल चियर प्रतियोगिता र निमावि मावि तहमा स्पेलिङ्ग कन्टेस्ट आयोजना गरिएको थियो । जसमा ग्रिन हाउस प्रथम, रेड हाउस द्धितिय र व्ल्यू हाउस तृतिय भएको थिए । साथै विद्यालयमा भएको कविता लेखन प्रतियोगितामा रवि वि.क प्रथम, दिपक लुइटेल द्धितिय र निरज रेग्मी तृतिय भएका थिए । कार्यक्रममा दृष्टिविहिन बालवालिकाहरुले बाल अधिकार सम्वन्धि गित प्रस्तुत गरेका थिए । विजेताहरुलाई बाल क्लव बाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम बाल क्लवका अध्यक्ष विक्रम तामाङ्गले गरेका थिए ।