हाम्रो पालिका

विद्यालयका शिक्षकलाई सुचनाप्रविधि तथा प्याड निर्माण तलिम

By Dhading News

September 19, 2014

रामचन्द्र रुपाखेती

भुमेस्थान –धादिङ्गको थाक्रे, भुमेस्थान, गोगनपानी तथा तसर्पुका शिक्षकहरुका लागि सामुदायिक विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने उद्धेश्यका साथ २ दिने सुचना प्रविधि तथा मिन्सुरेशन प्याड निर्माण तालिम शुक्रवारबाट भुमेस्थान गाविस कार्यालयमा शुरुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ ११ नं. इलाका समितिले आयोजना गरेको शिक्षक तालिम तथा प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव लक्ष्मण शर्माले वर्तमान समयमा शिक्षकहरुको पेशागत सुरक्षा, रणनीति तथा भावि योजनाको बारेमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । साथै विद्यालयमा कसरी सुचना प्रविधिको प्रयोग बढाउने र यसका लागि शिक्षकको के दायित्व छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । सोही कार्यक्रमको अर्को सत्रमा विद्यालयका छात्रा विद्यार्थीहरुको महिनावारी समयमा हुने अनुपस्थिति दरमा कमि गर्ने र शैक्षिक क्षती कम गर्ने तथा सुरक्षित र सजिलो मिन्सुरेसन प्याड निर्माण गर्न सिकाउने लक्ष्यका साथ शिक्षकहरुलाई मिन्सुरेसन प्याड निर्माण तालिम दिइएको थियो । तालिममा सवै शिक्षकहरुलाई प्याडको महत्व र निर्माण गर्ने तरिका प्रयोगात्मकरुपमा सिर्डस धादिङका गंगा सुवेदी र शान्ता पाण्डेद्धारा सहजिकरण गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, क्षेत्र नं. २ का सभासद गुरुप्रसाद वुर्लाकोटी, साना किसान सहकारी एवं वैंकका केन्द्रिय अध्यक्ष खेम पाठक, पेशागत महासंघ धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम ४ गते सम्म चल्नेछ । कार्यक्रम नेराशिसं ११ नं इलाका इन्चार्ज लावण फुयलले गर्नुभएको थियो ।