– बद्रीप्रसाद दाहाल यतिखेर नेपाली रत्नाकरहरु वाल्मीकि बन्ने अभिनयमा न्वारनदेखिको बल झिकेर लागेका छन् । जनता जनार्दनको आँखामा फुलो पारेर सत्ताको कुलो सोझयाई आफू र आफ्ना ज्ञाति जनको चुलो बाल्न राष्ट ढुकुटीलाई दुलो पार्ने ठूलो कसरत उनीहरुको रणनीति छ ।वाल्मी-किको बारेमा एउटा सुनेको मिथक यस प्रकारको छ -’ यिनी ब्राहृमणको कुलमा जन्मिएर पनि डाँकूहरुको सङ्गतमा लागेर यात्रुहरुलाई लुट्ने ,कुट्ने र उस्तै पर्यो भने मार्ने समेत गर्दथे । हिंसा नै उनको स्वभाव भैसकेको थियो । एक दिनको कुरा हो सप्तषिर्हरु त्यही बाटो हुँदै गइरहेका थिए , अनि वाल्मीकिले स्वभावअनुसार आफ्नो कामगर्न आँटे’छि सबै ऋषिहरु मिलेर उनलाई समाते । दयामय ऋषिहरुले आफूले गरेका दुष्कर्मको फल आफैलाई आइलाग्छ भनेर रत्नाकरलाई भने तिनै ऋषिहरुको दयाबाट रत्नाकरमा आसुरी भाव समाप्तभएर सात्विक भाव पैदा हुनथाल्यो ।आफूले गरेको दुष्कर्म परिवारका अन्य सदस्यलाई भागमा नजाने ज्ञात भयो उनलाई । अनि ऋषिहरुले दिएको ‘ मरा’भन्ने मन्त्र अविरल जप्नथाले । यो मन्त्र जप्दाजप्दै उनको शरीरमा धमिराले गुँड लगाएछ । उनी त माटोले ढाकिएर नदेख्ने बन्दापनि तपस्यामै लीन भएको देखेर भगवान् ब्रहृमालाई दया जागेछ । अनि ब्रहृमाले पर्ूव हत्यारा डाँका रत्नाकरलाई आदिकवि भएस् भन्ने ठूलो वरदान दिएपछि ‘वल्मीक’अर्थात् धमिराको माटे ढिस्कोबाटपुनःजन्मिएकैले उनको नाम वाल्मीकि रहन गएको अरे । यसरी सप्तषिर्को ‘मरा’अर्थात् सुल्टोमा ‘राम’ भन्ने मन्त्रबलले उनको पर्ूव दुष्कृत्य लोकजन माझ छायामा पर्न गएको थियो । जसबाट उनले रामायणजस्तो उपजीव्यग्रन्थ लेख्न सफलभए । हो , यही मिथकलाई माध्यमबनाएर हिजोका नेपाली रत्नाकरहरु आज वाल्मीकि बन्ने कसरतमा लागिरहेका छन् । आजभन्दा सातवर्षघि सप्तऋषिका प्रतिमर्ूर्ति नेपाली जनताले थुप्रै रत्नाकरका मित्रहरुलाई आफ्नापर्ूब चरित्र सपार भनेर पवित्र मतदान दिई संविधान सभा भित्र पठाएका हुन् । तर ‘ नानीदेखिको बानी ‘ बदलिन कठिनै हुँदो रैछ । पानी एकछिन ताते पनिपुनःउसको स्वभाव अनुसार चीसो भएझैं यिनीहरुको व्यहार पनि टसको मस भएन ।’बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै, रातभरि करायो दक्षिणा हरायो ”भन्ने उखानलाई मान गरी संविधान सभालाई नै मारहानमा पारेर ‘ चुच्चे ढुङ्गो उही टुङ्गो’ मापुगे । एक-आपसमा हिलो छेप्ने रत्नाकरेहरुको बथानले हाम्रा खेतबारीमा अन्नबाली सिध्याउन आउने पर्ुखाकै झझल्को पो दिइरहेका छन् वज्रस्वाँठहरुले । बिथ्थामा परस्पर गाँड कोराकोर गरेर राज्यसत्तालाई नै थकित, गलित र रकम कलम मिलाउन खप्पिस पर्ूब व्युरोक्य्राटहरु पो ‘बाघको छालामा स्यालको दाइँ’मामाको धनमाफूपूको श्राध्दगर्ने भाग्योदय चिठ्ठामा राज्यकोष मार्फ असार पन्ध्र मनाउन थाले । यतिखेर वेश्याहरु सतीगाथाको प्रवचन दिइरहेका छन् भने काम, क्रोध, लोभ , मोह , मद , मार्त्र्सयमा चर्ुर्लुम्महरु शङ्कराचार्य बनेर वेदान्ती प्रवचन छादिरहेका छन् । भ्रष्टाचारको रौरव कुण्डमा डुबेका हिजाका बासीकुपात्र आज सदाचारको शिक्षा बाँड्न कम्मर कसेर लागेको अपची दृष्यजन आँखामा ठुङ मार्न आइपुगेका छन् । एक नंवरकाकुँडार्-कर्कट भइ सकेकाफुँडा र डुँडा यतिखेर ठीकबेठीकको तराजु उचाल्नेमा दरिंदा कुन विवेकीको मुटु कुटुकुटु खाँदैन र – भन्छन्- ‘नङ्ग्रा लगाएर हात्ती बाघ हुँदैन , दाह्रालगाएर बाघ हात्तीहुँदैन’यतिखेर यही भनाइ विरुध्द प्रभु कृपावालाहरु मुड्कीबजारेर नाचिरहेका छन् । अनि शोषित, उत्पीडित र उपेक्षित नेपाल आमाका बास्तविक सन्ततिहरु हितोपदेशको यो श्लोक संझदै छन्-’ दर्ुजनम् प्रथमं वन्देत् , सज्जनं तदनन्तरम् । मुखप्रक्षालनं पर्ूबं गुदप्रक्षालनं यथा ।।’ मतलव-जसरी मुखधुनु-भन्दा अगाडि गुदद्वारको धुलाइअनिवार्य हुन्छ , त्यसै गरी नराम्रा दुष्ट मान्छेलाई पहिला वन्दना वानमस्कार गर्नुपर्छ अनि पछि मात्र असलवा सज्जनलाई अभिवादन गर्नु श्रेयस्कर हुन्छ । अहिले यही शिक्षा आमजनतामा बाँडिरहेका छन् बाल्मीकिको अभिनय गर्दैका कलियुगे रत्नाकरहरुले । जनता जनार्दन हुन् । ‘अतिगर्नु अतिसार नगर्नू’भन्ने उखानको बखान त्यसै भएन । अतः रत्नाकरको अभिनयको नैटङ्कीमा सामेलहरु भर नपरी देवासुर संग्रामरुपी चुनाबी माहोलमा कठ-पुतलीहरुको नकाबलाई थुतेर फाल्नै पर्छ । दलीय झण्डमा ओत लागेर आउन सक्ने आतापी र वातापीलाई चनिौं । वाल्मीकीबन्ने नटखटमा नखरा गर्नेसित होसियार !