हाम्रो पालिका

‘भिनाजुको नाइटो’ लोकार्पण

By Dhading News

September 25, 2014

धादिङ, – धादिङवेसीस्थित निलकण्ठ क्याम्पसमा अध्यापनरत लोकनाथ रिजालद्वारा लिखित ‘भिनाजुको नाइटो’ नामक कथासङ्ग्रह असोज ९ गते   विहीवार लोकार्पण गरिएको छ ।

धादिङ सिर्जना प्रतिष्ठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा  उक्त सङ्ग्रह प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले लोकार्पण गर्नुभएको हो । सङ्ग्रहमा २१ वटा कथा समावेश गरिएको छ ।