कभर फोटो

धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा बैरेनीका रविन कार्की

By धादिङ न्यूज

September 30, 2014

अष्ट्रेलिया –धादिङ जिल्लावाट अध्ययन तथा अन्य कार्यका लागि अष्ट्रेलिया पुगेका धादिङवासीहरुको साझा संस्था धादिङ अष्ट्रेलिया समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी शहरमा मंगलवार सम्पन्न भएको समाजको प्रथम अधिवेशनले धादिङको बैरेनी गाविस वडा नम्बर ९का स्थायीवासी रविन कार्कीको अध्यक्षतमा १९ सदस्यिय कार्य समितिको चयन गरेको छ । कार्य समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अर्जुन केसी, सचिवमा जनक सिम्खडा,सहसचिवमा सविन थापलिया, कोषाध्यक्षमा राधिका वानियाँ र सह कोषाध्यक्षमा अकला पाण्डे चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा दिनेश कार्की, उषा शर्मा,अशिम लम्साल,दयाराम सिम्खडा, थानु शाक्य, दिपक ओझा,रविन रेग्मी,कपिल सिम्खडा,कल्याणबिक्रम कार्की,रमेश श्रेष्ठ,अशोक भण्डारी,अर्जुन गिरी,राजेश कार्की चयन भएका छन ।

यसै गरी समाजको सल्लाहकारमा दिपक धमला, प्रतिक्षा पाण्डे,मुरारी लम्साल, सन्तोष पाण्डे , दिपक सिम्खडा र रामजी पौडेल रहनु भएको छ । सेप्टेम्बर ७ तारिकका दिन सिडनीको एसफिल्ड पार्कमा अष्ट्रेलियामा रहेका धादिङवासीहरुको भेला सम्पन्न भई आदमघाटका किरण अधिकारीको अध्यक्षतामा समाजको तदर्थ समितिको गठन गरिएको थियो । पहिलो अधिबेशनले अधिकारीलाई समाजको संरक्षकमा चयन गरेको छ । संस्थागत रुपमा धादिङ जिल्लामा सामाजिक कार्यहरु संचालन गरी समाज प्रतिको उत्तर दायित्व निर्वाह गर्न धादिङ अष्ट्रेलिया समाज सक्रिय रहने नवनिर्वाचित अध्यक्ष कार्कीले धादिङ न्युजलाई वताउनु भयो । अष्ट्रेलियामा अध्धयन तथा अन्य कार्यका लागि धादिङ जिल्लाका ५ सय भन्दा बढी पुगेको वताईएको छ ।समाजले छिट्टैनै धादिङ जिल्लाको तीनवटै क्षेत्र स्तरीय समितिको गठन गर्ने तयारी रहेको संस्थापक अध्यक्ष एवम वर्तमान कार्य समितिका संरक्षक किरण अधिकारीले जानकारी दिनुभयो ।