कभर फोटो

दशैंले छोएन भुजेल परिवारलाई, उपचार खर्च जुटाउन सहयोगको याचना

By धादिङ न्यूज

October 01, 2014

निम्न आयस्तर भएका भुजेलको दुवै मृगौला काम नलाग्ने भएपछी एक महिना देखि उहांलाई अस्पतालमा राखेर उपचार शुरु गरिएको छ । भक्तपुरको राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहनु भएका भुजेलको लागि प्रत्येक हप्ता १० हजार रुपैया अस्पताललाई उपचार खर्च बुझाउनु पर्छ । नियमित उपचार र मृगौला प्रत्यारोपणका लागी कम्तिमा आठ लाख रुपैया लाग्ने डाक्टरले वताएपछि भुजेल परिवारलाई ठुलो चुनौति थपिएको हो । एक श्रीमती,२ छोरी, २ छोरा एक बुहारीका अभिभावक भुजेलको आर्थिक अवस्था कमजोर रहेको र जायजेथा बिक्री गर्दा पनि उपचारका लागि खर्च नपुग्ने भएपछि सहयोगका लागि याचना गर्नुपरेको भुजेलकी छोरी निर्मलाले वताउनु भयो । भुजेलको उपचारमा सहयोग पुर्याउन प्रवासी भुजेल समाजका साथै अन्य सहयोगी संस्था र दाताहरुले चासो देखाएपनि ठुृलो रकम आवश्यक पर्ने भएपछि संकलन हुन नसक्दा भुजेल परिवारलाई समस्या बढ्दै गएको हो । अहिले सम्म उपचारका लागि २ लाख रुपैया सकिएको र आर्थिक अभावका कारण उपचार गराउन र मृगौला प्रत्यारोपण असम्भव बन्दै जांदा दशैंको वेलामा समेत भुजेल परिवार उपचारको लागि आर्थिक श्रोत जुटाउनमै लाग्नुपर्ने अवस्था आएको स्थानीय पत्रकार गोविन्द सुवेदीले जानकारी दिनु भयो । उपचारका लागि चाहिने रकम आंफुहरु संग नभएकोले कसैले सहयोग गरेर बुवाको जिवन वचाई दिन छोरी निर्मलाले आग्रह गर्नुभएको छ । उपचार खर्च जुट्न नसक्दा आफु जिवन मरणको दोसाधमा जिउन वाध्य भएकाले सहयोग गरी जिवन बचाई दिनुहुन आम मानवसेवामा समर्पित संघसंस्था तथा व्यक्तित्वहरुसंग भुजेलले पनि आग्रह गर्नुभएको छ । भुजेलको यस अघि महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार गरिएको थियो । सहयोग गर्न इच्छुक व्यक्तिले अस्पतालमा पुगेर परिवारका सदस्य र विरामी तथा परिवारका सदस्यलाई भेटेर वा बैक खाता मार्फत पनि सहयोग गर्न सक्ने छन । बैक खातामा रकम जम्मा गर्न चाहनेले निर्मलाको नाममा रहेको एनडिईपि डेभलपमेण्ट बैकको खाता नम्बर ६१६५०००१२० मा वा सानिमा बैकमा रहेको खाता नम्बर ०२००००००७५५१२ मा जम्मा गरेर सहयोग गर्न सक्ने वताईएको छ । 

धादिङ–दशैंको रमझमले सबैलाई व्यस्त वनाईरहेको वेला धादिङको गोगनपानी गाविस वडा नम्बर ६ मान्खुका होमवहादुर भुजेलको परिवारलाई भने उपचारका लागि चाहिने खर्च जुटाउन हम्मे हम्मे पर्न थालेको छ ।