हाम्रो पालिका

चट्याङमा परेर धादिङमा तीन जना घाईते

By Dhading News

October 14, 2014

धादिङ,२८ असोज ः चट्याङमा परेर धादिङको ज्यामरुङ गाविस वडा नम्बर ८ दरवार नजिकै तीन जना घाईते भएका छन । मंगलवार विहान १० वजे तिर घर नजिकै परेको चटयाङको आवाजले थर्किएर स्थानीय तिलकप्रसाद श्रेष्ठ, सीता श्रेष्ठ र राममाया श्रेष्ठ घाईते भएका हुन । मंगलवार विहानै देखि परिरहेको बर्षाका कारण मौसम प्रतिकूल वन्दै गईरहेकोमा पटक पटक चट्याङको आवाज सुनिएपनि अहिले सम्म अन्य क्षतीको विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ज्यामरुङका घाईतेहरुको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र तीनै जनामा घाउ चोट नदेखिएकाले उनिहरु खतरामुक्त रहेको उपचारमा संलग्न ज्यामरुङका स्वास्थ्यकर्मी राजाराम पाठकले जानकारी दिनुभयो ।