राष्ट्रिय समाचार

खोज तथा उद्धार कार्यमा सक्रिय

By Dhading News

October 16, 2014

काठमाडौँ, ३० असोज । मनाङ र मुस्ताङ क्षेत्रमा भएको हिमपातबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इमर्जेन्सी कन्ट्रोल सेन्टर आज बिहानैदेखि सक्रिय रहेको छ ।

खोज तथा उद्धारका लागि बिहानैदेखि जोमसोम, मनाङ, बेनीलगायतका क्षेत्रमा चारवटा हेलिकप्टर परिचालित भई उडान भरिरहेको सो केन्द्रले जनाएको छ ।

काठमाडौँबाट थप हेलिकप्टर केही समयअगाडि प्रस्थान गरिसकेको र अन्य तीन हेलिकप्टर सो क्षेत्रमा जाने तयारीमा रहेका छन् ।

त्यसैगरी नेपाली सेनाका दुई हेलिकप्टर सो क्षेत्रमा उडान गरिरहेका र नेपाली सेनाकै एक वायुयान प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको जनाइएको छ ।