प्रदेश

पूर्वाञ्चल महिला र सिक्किम महिला टोली पराजित

By धादिङ न्यूज

October 16, 2014

काठमाडौँ, ३० असोज । प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विहार महिला टोलीले पूर्वाञ्चल महिला टोलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै आजै भारतकै सिक्किमको महिला टोली र सशस्त्र प्रहरी महिला टोलीबीचको खेलमा सशस्त्र प्रहरी महिला टोलीले सिक्किम महिला टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सोही प्रतियोगिताअन्तर्गत आगामी कात्तिक १ गते सेमिफाइनलको खेल हुनेछ ।