कभर फोटो

सत्यवती उच्च माविमा सर्व सम्मतवाट नयाँ व्यवस्थापन समिति

By धादिङ न्यूज

October 18, 2014

धादिङ–धादिङको कुम्पुर गाविसको आदमटारमा रहेको सत्यवती उच्च माविको व्यवस्थापन समिति अध्यक्षमा सर्व सम्मतवाट रामचन्द्र अधिकारी चयन हुनु भएको छ । शुक्रवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको सर्व सम्मत चयन गरेको हो । जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरिक्षक कृष्णप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलावाट समतिको महिला सदस्यमा दिपा गिरी,सदस्यहरुमा नवराज खतिवडा,इन्द्रवहादुर पुलामी,गौतम खतिवडा र लिलावहादुर भुजेल चयन हुनुभएको बिद्यालयका पुर्व प्रधानाध्यापक एवम नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले जानकारी दिनु भयो ।