हाम्रो पालिका

कारको ठक्करबाट फिस्लिङमा एकको मृत्यु

By Dhading News

October 28, 2014

धादिङ,११ कात्तिक – पृथ्वीराजमार्गमा पर्ने चितवन जिल्लाको दारेचोक गाविसको फिस्लिङमा आज बिहान (मंगलवार) विहान आठ वजे तिर कारले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते भएका स्थानीय सागर गुरुङको उपचारका लागि अस्पताल लैजाने क्रममा तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ । बुटवलबाट काठमाडौँ आउँदै गरेको बा१०प ९१४ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका सागरका एक वर्षीय छोरा र मनु गुरुङको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना पछि आक्रोशित हुन पुगेका स्थानीयवासीले दोषि चालक माथि कारवाही, मृतकका परिवारलाई उचित राहतको माग राखी दुर्घटनापछि मुग्लिन–मलेखु सडक खण्डमा सवारी आवागमन ठप्प पारेर विरोध प्रदर्शन गरेका कारण दिउंसो २ वजे सम्म पनि सडक खुल्न सकेको छैन । अवरुद्ध सडक खुलाउन पिडित पक्षका प्रतिनिधि र अन्य सरोकारवालाहरुसंग समन्वय भईरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।