मनोरन्जन

प्रेम प्रस्ताव आयो भने सोचेर जवाफ दिन्छु भनेर वाटो लाग्छु– गायिका रेउले

By धादिङ न्यूज

November 03, 2014

सानैदेखि लोकसंगित भनेपछि हुरुक्क हुन्थिन् लोक गायिका गिता रेउले अत्यन्त मिलनसार लोक संगित क्षेत्रमा पुरानै नाम हो । गिता रेउले हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल उपत्यका समन्वयको कार्य समिति सदस्य, नेपाल सास्ंकृतिक कलाकर्मी संघको केन्द्रिय सदस्य, तथा राप्ती समाज काठमाण्डौँको कोषाध्यक्ष छिन् । झण्डै एक दर्जन जति एल्बम बजारमा ल्याएकी गिता रेउलेसंग सुन्दरादेवी सन्देश साप्ताहिकका किरण अधिकारीले धादिङ न्यूज डट कमका लागि गरेको भलाकुसारीः १. आराम हुनुहुन्छ ? केमा व्यस्त आजकाल ? हजुर एकदम आराम छु । म लोक संगित क्षेत्रमा लागेको मान्छे लोक संगितमा नै व्यस्त छु । गायनको अलावा म लय, शब्द संकलनको कार्यमा व्यस्त छु । २. तिहार कसरी मनाउनुभयो ? तिहार अत्यन्तै रमाइलोसंग वित्यो । तिहार वास्तवमै रमाइलो पर्व मलाइ अत्यन्त मन पनि पर्छ । ३. गिता रेउलेलाइ के भनेर चिन्ने ? म लोक गायिका हुँ । लोक संगितमा रुची भएको प्राणी ४. तपाइ त गितको लय, शब्द संकलन पनि गर्नुहुन्छ हैन र ? हजुर तपाइले सही कुरा गर्नु भयो । म पहिला देखि नै गितको शब्द संकलन अनि लय बनाउने पनि गर्छु । मेरो लय, शब्द संकलनमा पनि गित बजारमा आएका छन् । ५. तपाइ हालसम्म कतिवटा एल्बम बजारमा आयो ? मेरो हालसम्म १ दर्जन एल्बम बजारमा आएको छ । जसमा मादलु बज्यो, गजव हुने भो, तीज थानकोटमा सल्ला पलायो लगायतका गितहरु छन् । ६. संगित के हो तपाइ बीचारा ? संगित मानव जातीको एक अभिन्न अंग हो । संगितले माजन जीवनमा परिवर्तन ल्याउँछ । संगि विना मानव जीवन अपुरो हुन्छ । ७. प्रेम के हो ? प्रेम एउटा जीवन जीउने आधार हो । यसले दुइ मुटुको मिलन गराउँछ । ८. फरक प्रसंगमा कुरा गरौ, तपाई यो देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ? ओहो । त्यस्तो पनि होला र ? हामी एउटा कलाकार मान्छे कसरी देशको सर्वोच्च पदमा पुग्छौँ होला ? ९. हैन यो भने तपाइको पहिलो कार्य के हुन्छ ? यदि भ एभने म एउटा कलाकार नै भएकोले कलाकारीताको विकास, संरक्षण र सम्वद्र्धनको लागि मेरो यो जना बन्ने छ । १०. कार्यक्रमको शिलाशिलामा कहाँ कहाँ ुपुग्नु भयो ? कार्यक्रमको सिलसिलामा नेपालको सबै ठाउँ पुगेको छु । लोक संगित भविष्य राम्रो छ । म पुगेको ठाउँहरुमा त्यसैगरि नेपाल वाहिर ओमान, इन्डिया र बहराइन पनि पुगेको छु । ११. बाटोमा हिड्दै गर्दा अचानक प्रेम प्रस्ताव आयो भने ? ओहो हासो ……………… । अहिले सम्म त्यस्तो परेको छैन । यदि त्यस्तो भइहाल्यो भने सोचेर जवाफ दिन्छु है भन्दै बाटो लाग्छु । १३. अन्तमा के भन्नु हुन्छ ? मेरो भावनाहरु राख्न दिनु भयो यस्का लागि तपाईलाई व्यक्तिगतरुपमा साथै धादिङ न्यूज डट कम र तपाईको सुन्दरादेवी सन्देश साप्ताहिकको प्रगतीको कामना गर्दछु । एक दम धेरै भन्यवाद ।