राष्ट्रिय समाचार

घनेन्द्र ओझाको अध्यक्षतामा ‘अनेगम’को नयाँ कार्यसमिति

By Dhading News

November 10, 2014

काठमाडौँ, – अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च (अनेगम) को प्रथम अधिवेशनले घनेन्द्र ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागि स्थापित मञ्चको उपाध्यक्षमा प्रभाती किरण, महासचिवमा पुरानाघरे (अमेरिका), कोषाध्यक्षमा प्रदीप चापागाईं (अस्ट्रेलिया) निर्वाचित हुनुभएको हो ।

यसैगरी सदस्यहरुमा दिनेशराज ज्ञवाली (जापान), नारायण गाउँले (बेलायत), शिवराज पन्त (बेलायत), श्रीजन श्री (मलेसिया), रमेश विमान (कोरिया), भगवती कँडेल (इजरायल), तीर्थ यात्री पौडेल (साउदी अरब), किरण कौशल मेयोङ्बा (युएई) र शैलेन्द्र समदर्शी (भारत) रहनुभएको छ ।

नेपाली गजलका क्षेत्रमा क्रियाशील नेपाल र अन्य देशमा रहनुभएका स्रष्टाको सङ्गठित प्रयासमा सन् २०१२ मा मञ्चको स्थापना गरिएको हो ।

अध्यक्ष ओझाले नेपाली गजललाई अन्तर्राष्ट्रिय पहिचान दिन, गजललाई गायनमा ल्याउन र असल गजल स्रष्टालाई प्रकाशनमा ल्याउन आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताउनुभयो ।