तस्बिर : भिमलाल श्रेष्ठ/गोरखा

कभर फोटो

प्रहरी दिवसको अवसर पारेर जेष्ठ नागरिक र जग्गादाताहरु सम्मानित

By धादिङ न्यूज

November 13, 2014

तस्बिर : भिमलाल श्रेष्ठ/गोरखा

गोरखा–प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले ८० वर्ष नाघेका पूर्व प्रहरी र प्रहरी चौकी निर्माण लागि जग्गादान गर्नेहरु लाई अभिनन्दन गरेको छ । ५९ औं प्रहरी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा ८० वर्ष नाघेका पूर्व प्रहरीहरु बैकुण्ठ प्रसाद अर्याल , नन्द बहादुर पौडेल ,शंखमान श्रेष्ठ , दुर्गाभक्त श्रेष्ठ ,बुद्धि बहादुर नगरकोटी ,नारायण भक्त अर्याल र रामहरि पाण्डेलाई सम्मान गरेको छ । सोही कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गादान गर्ने गोरखा घ्याल्चोकका पर्यटन व्यवसायी एम.एस.काप्री ,केराबारीका रेन कुमारी तामाङ ,सिम्जुङ्गका कम्पारी घले लाई सम्मान गरेको छ । त्यस्तै प्रहरी भवन निर्माणका लागि सहयोग पुर्याउने थिरभक्त श्रेष्ठ र ध्रुव कुंवरलाई पनि सम्मान गरेको छ । जिल्ला न्यायधीश प्रकाश कुमार काफ्ले र प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले दोसल्ला ओढाएर सम्मानितहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।  विशेष आतिथ्यतामा सम्पन्न विशेष समारोहमा नेपाली कांग्रेसका उपसभापति मोहन पोखरेल,एमाले कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेल ,एकीकृत माओवादीका अध्यक्ष लेख बहादुर थापा ,नेकपा माओवादीका सनिल परियार ,संघीय समाजवादी पार्टीका सुकदेव तामाङ ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापा ,मानवअधिकार सरोकार केन्द्रका यादव शर्मा ,नेपाल बार एसोसिएसनका अध्यक्ष सप्त कुमार श्रेष्ठ ,गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगतवावु जोशी र भूपू प्रहरी संघका अध्यक्ष नारायणभक्त अर्याल लगायतले बोल्नुभएको थियो ।