यौन र जीवन

दुलहीले हल्का घुम्टो उघारेपछि मण्डपमै सम्बन्ध विच्छेदको घोषणा

By धादिङ न्यूज

November 20, 2014

घुँघटको आडमा लुकेको दुलहीको अनुहार हेर्ने इच्छा हरेक दुलहाको हुने गर्दछ । तर, यो इच्छा कयौ पटक सम्बन्ध विच्छेदको कारण पनि बन्ने गर्दछ।

साउदी अरबमा भइरहेको एउटा विवाह समारोहमा फोटोग्राफरको आग्रहमा नयाँ बेहुलीको अनुहार देखाउनु नै उनको सम्बन्ध विच्छेदको कारण बन्न पुगेको छ। फोटोग्राफरको आग्रहमा जसै बेहुलीको अनुहारबाट पर्दा हटाइयो बेहुलाको नजर बेहुलीमाथि पुग्यो, बेहुलाले तत्काल सम्बन्ध विच्छेदको घोषणा गरे ।

साउदीको मदीनाको पश्चिम साउदी टाउनमा भएको यो विवाहअघि जोडीले एकअर्कालाई देखेका थिएनन् । विवाह समारोहमा तस्वीर खिचाउनका लागि बेहुली जसै आफ्नो घुँघट हटाइन् बेहुलाले बेहुलीको अनुहार हेर्ने वित्तिकै भने–तिमी त्यो महिला होइनौ, जसलाई मैले आफ्नो सपनामा सोचेको थिएँ । मलाई माफ गर तर म तिमीसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु ।

अनुहार हेर्ने वित्तिकै सम्बन्ध विच्छेदको घोषणा गर्ने बेहुलाले भने–मैले विवाहअघि बेहुलीको अनुहार हरेको थिइनँ । उनी त्यो महिला होइनन्, जोसँग म आफ्नो जिन्दगी बिताउन सक्नेछु ।

सम्बन्ध विच्छेदको घोषणापछि विवाहको खुसियालीमा रहेको विवाह मण्डपमा आँसुको वर्षा भएको थियो । एजेन्सी