बिकास /परिवर्तन

१७० वर्ष जेल सजायँ पाएका तामाङको चार वर्षपछि मृत्यु

By धादिङ न्यूज

November 20, 2014

१७०er

काठमाडौं, मंसीर ४– चेलीबेटी बेचबिखनको अभियोगमा १७० वर्ष जेल सजायँ पाएका बजीर सिंह तामाङको गत कात्तिक १९ गते मृत्यु भएको छ ।   लामो समयदेखि बिरामी परेका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको झुम्का कारागार कार्यालय, सुनसरीका स्वास्थ्यकर्मी याम प्रसाद गौतमले जानकारी दिए ।   गौतमका अनुसार विगतमा क्षयरोग विरुद्धको औषधी पूरै सेवन गरेको बताउने उनको पछिल्लो समयमा क्षयरोगका लक्षणहरु देखिन थालेको थियो । यसका लागि उनको सबै प्रकारको परिक्षणहरु गरिएता पनि क्षयरोग नदेखिएको गौतमले बताए । मृत्यु हुने दुईदिन अघि तामाङले आफूलाई एचआइभी एड्स भएको गौतमलाई जानकारी दिएका थिए । उनी भन्छन्, ‘उनको मृत्युको कारण यहि नै हो भन्ने पुष्टि भएको छैन । पटक–पटक हस्पिटल लगिएपनि, एन्टिबायोटिक चलान गरिएता पनि उनको रोग निको हुन सकेन । दुईदिन अघि मात्र उनले आफूलाई एड्सको रोगी भनेता पनि यसको परिक्षण भने गरिएको थिएन । ’   २०६७ साल मंसीर २८ गते जेल चलान भएका तामाङ २०७० पुस १८ गते चितवन कारागार कार्यालयबाट झुम्का कारागार कार्यालयमा सरुवा भएका थिए । गौतमका अनुमान अनुसार उनको रोगका कारण नै उनलाई झुम्का पठाइएको हो ।   कैदी पुर्जीका अनुसार उनी ४१ वर्षका थिए । उनीमाथि ६ जना महिलाहरु बेचबिखन गरेको अभियोग लागेको थियो ।