घटना /दुर्घटना/ अपराध

बैरेनीका लक्ष्मण कैद भुक्तानका लागि जेल चलान

By धादिङ न्यूज

November 20, 2014

बैरेनी –फरार अपराधी पक्राउका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले एक पछि अर्को फरार अपराधी धमाधम पक्रन थालेको छ । बुधवार मात्र दुईजना फरार अपराधी सावजनिक गरेको प्रहरीले विहीवार बैरेनीवाट अर्का एक युवक पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत धादिङको २०६७ साल जेठ २६ गतेको फैसलाले १ बर्ष कैद सजायं तोके पनि हाल सम्म फरार रहंदै आएका ३१ बर्षिय लक्ष्मण श्रेष्ठ मंसिर ४ गते बैरेनी स्थित आफ्नै घरवाट पक्राउ परेका हुन । जिल्ला अदालतले यस अघि तोकिएको कैद भुक्तानको आदेश दिएपछि श्रेष्ठलाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।