हाम्रो पालिका

पैदलयात्री महिलाको ज्यान गयो

By Dhading News

November 24, 2014

धादिङ,८ मंसिर ः धादिङको गजुरी स्थित पृथ्वीराजमार्गमा ट्रकको ठक्करवाट एक महिलाको ज्यान गएको छ । अत्याधिक गतिमा आईरहेको ट्रकले ठक्कर दिंदा सडक छेउबाट हिडिरहेकी पैदलयात्री महिलाको ज्यान गएको हो । सोमवार विहान ५ वजे तिर भएको सो दुर्घटनामा परि ज्यान गुमाउने महिलाको सनाखत हुन सकेको छैन । ट्रकको ठक्करवाट पैदलयात्री महिलाको ज्यान गएको खबर पछि प्रहरीले केही ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि दोषि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।