मुख्य समाचार

धादिङका पत्रकार द्वारा सभाध्यक्षलाई स्मरण पत्र

By धादिङ न्यूज

November 25, 2014

समयमै संविधान जारी गर्न दवाव दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धादिङले प्रमुख जल्ला अधिकारी मार्फत संविधानसभाको सभाध्यक्ष सुवास चन्द्र नेवाङलाई स्मरण पत्र पठाएको छ । नेपाल पत्रकार महासंघले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत अध्यक्ष नेवाङलाई स्मरणपत्र पठाएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा गएको टोलीले नेपाली जनतासँग गरेको बाचा नतोडौ २०७१ माघ ८ भित्रै संविधान निमार्ण गरौं भन्ने मुल आह्वान सहित पत्र बुझाइएको हो । स्मरण पत्र बुझनुहुँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारहरुले उठाएको मागहरुलाई आफुले आफ्नो तहबाट आजै सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।