राष्ट्रिय समाचार

छव्विस बुंदे घोषणा पत्र जारी गर्दै सकियो अठारौँ सार्क शिखर सम्मेलन

By Dhading News

November 27, 2014

काठमाडौँ, ११ मङ्सिर । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै बिहीवार काठमाण्डौंमा सम्पन्न भएको छ ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलन समापन गर्नुभएको थियो । समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी हुनुभएको थियो । यसैगरी नेपालका संवैधानिक निकायका प्रमुख र राजनीतिक दलका नेता पनि सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।

सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गर्नुभएको थियो । समापन समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिनुभयो ।

उहाँले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताउनुभयो ।

काठमाडाँै घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।

अठारौंँ सार्क शिखर सम्मेलनः छत्तीसबुँदे काठमाडौँ घोषणापत्र