मनोरन्जन

जसले पनि सुन्दर सपना त देखेको हून्छ -नायिका रजनी केसी

By धादिङ न्यूज

November 27, 2014

पिता चन्द्र बहादुर के.सी. र माता शान्ति के.सी. को कोखबाट जन्मेकी हुन् नायिका रजनी केसी । नुवाकोट जिल्लामा जन्मेकी केसी लोफर चलचित्रबाट नेपाली रजतपट क्षेत्रमा प्रवेश गरेकी हुन् । लोफर पछि उनको प्रवास चलचित्र चाडै नै रिलिज हुने क्रममा छ भने नयाँ चलचित्रमा नि अभिनय गर्दैछिन् उनी । उनै नायिका रजनी केसी संग धादिङ न्यूज डट कमका लागि सुन्दरादेवी सन्देश नुवाकोटका किरण अधिकारीले गर्नु भएको भलाकुसारी १. सन्चै हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ आजकाल ? आफ्नो दैनिक नित्यकर्मको अलावा कला क्षेत्रमा नै व्यस्त छु । २. के देखेर लाग्नु भयो रजतपट क्षेत्रमा ? के देख्ने भनदा पनि सानै देखि चलचित्र हेरिन्थ्यो । कृष्टि मैनाली, करिष्मा मानन्धरहरुले अभिनय देख्दा म पनि अभिनय गर्छु अनि केहीगर्छु भन्ने भावनाले लागेको हुँ । ३. चलचित्र क्षेत्र के रहेछ ? तपाइको बुझाईमा ? सुन्दर सपनाको दुनियाँ जसले पनि सुन्दर सपना त देखेको हून्छ । तर विपनामा प्राप्त गर्न सकिरहेको हुँदैन । जति बुझ्यो उति नै गहिराइमा पुग्न मन लाग्ने त्यसमाथी बुझ्न पनि गा¥ह्रो क्षेत्र । ४. तपाईको पहिलो पाइला भनौँ या पहिलो चलचित्रबाट नै उत्कृष्ट नव नायिकाको अवार्डको उत्कृष्ट पाँचमा पर्नुभयो ? कस्तो अनुभव भइरहेको छ ? एकदम धेरै खुशी छु । पहिलो चलचित्रबाट नै नोमिनेसनमा परे । यो मे।रो सौभागय पनि हो । यसले गर्दा मलाइ काम गर्ने हौसला पनि प्रदान गरेको छ । ५. तपाइले अभिनय गर्नु भउको चलचित्र प्रवास कहिले हेर्न पाइन्छ ? एकदम धेरै चाडो रिलिज हुँदैछ । ६. लोफर बाट प्रवास सम्म आइपुग्दा कस्तो अनुभव भयो ? लोफर मेरो पहिलो पाइला हो, त्यो मेरो घर हो भने प्रवास ले मलाइ हुर्कायो, बढायो त्यसैले प्रवास भने हुर्कने ठाउँ हो । प्रवास चलचित्र मेरो ट्रनिङ प्वाइन्ट हुने कुरामा विश्वस्त छु । ७. कला के हो ? कला मानव जीवनको जीउने आधार हो । संगित र कलाले मान्छेको जीवनमा सुख दुःखको भोगाइ हो । ८. प्रेम के हो ?ः प्रेम एउटा महशुष हो जस्तो लाग्छ मलाई । ९. संचार क्षेत्रबाट कतिको सपोर्ट पाउनु भएको छ ? हेर्नुहोस् । संचार विना मानव जीवन अपुरो छ । संचार क्षेत्रले गर्दा नै म यहाँ सम्म आइ पुगेको हुँ । मलाइ संचार क्षेत्रको अत्यन्त धेरै सर्पोट छ । १०. संचार क्षेत्रको व्यक्तिहरुको नाम लिन प¥यो भने ? मलाइ सबैले सहयोग गरिरहनु भएको छ । नाम लिन मलाइ गा¥ह्रो छ । तर पनि वास्तिविक भन्नैपर्छ चलचित्र पत्रकार संघका अध्यष शान्ति प्रिय , चलचित्र पत्रकार सुमन बैरागी , गिता अधिकारी, अनिा अधिकारी अनि किरण अधिकारी जसले मलाइ संचार षेत्रमा अहोरत्र सहयोग गरिरहनु भएको छ । क ११. चलचित्र क्षेत्रमा कसलाई सम्झनुहुन्छ ? चलचित्र मा म छवि ओझालाई सम्झन्छु । किनकी वहाँले नै मलाइ पाइला टेकाउनु भयो । अर्को कुरा मैले भुलन नहुने नाम राजु बजाज पनि हो । १२. नयाँ आउने कलाकारलाई के भन्नुहुन्छ ? चलचित्र क्षेत्र बुझेर लाग्नुहोस् । तालिम लिनुस् । इन्ट्रान्स कोर्ष गरेर आउनु होस अनि मात्र सफल हुनुहुन्छ तपाइ भन्न चाहन्छु । १३. अन्तमा के भन्नुहुन्छ ? अन्तमा मेरो भनाइहरु राख्नु दिनु भएकोमा तपाइ र तपाइको संचार संस्थालाइ भन्यवाद अनि प्रगतिको कामना ।