कभर फोटो

पापड धादिङको संयोजकमा नवराज छत्कुली

By धादिङ न्यूज

November 30, 2014

धादिङ–संविधान निर्माणमा भईरहेको ढिलाईका बिरुद्ध दवाव अभियान स्ंचालन गर्ने उद्धेश्यले धादिङ जिल्लाका पेशागत संस्थाका प्रतिनिधिहरु संगठित भएका छन । शनिवार धादिङबेसीमा बसेको विभिन्न ५ वटा पेशागत संगठनको संयुक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड)को पुर्न गठन गरिएको हो । तोकिएको मितिमा संविधान जारी गर्न जिल्ला स्तरवाट दवावमुलक अभियान संचालन गर्ने उद्धेश्यले पुर्नगठन गरिएको पापडको सदस्यहरुमा शिक्षक युनियन, प्राध्यापक संघ , वार एशोशियसन तथा इन्जिनियर एशोसियशन रहेका छन । माघ ८ गते भित्र संसवधान जारी गर्न दलहरुलाई दवावमुलक कार्यक्रम संचालनका लागि पापडको पुर्नगठन गरिएको हो ।