हाम्रो पालिका

स्ट्रोक (ब्रेन एट्याक)

By Dhading News

December 03, 2014

– विवेक घिमिरे ‘विशद’

मस्तिष्कमा प्रवाह हुने रगतको रोकावटको कारण स्नायविक कार्यमा हुने हानिलाई स्ट्रोक भनिन्छ । दिमागमा रगतकोप्रवाहमा रोकावट वा कमी हुनगएमा मस्तिष्ककै कोषहरूमा अक्सिजनको कमी हुनाका कारणबाट कोषहरूमा आघात पर्न गई निस्क्रिय हुँदै जान्छन् । यसरी हुने स्ट्रोक (ब्रेन एट्याक) दुईप्रकारका हुन्छन्, स्केमिक र हेमोरेजिक । स्केमिक ः मस्तिष्कमा हुने रक्तसन्चारका कुनै भाग र भेगमा जमेको रगतले अवरोध पु¥याई बाटो छेकिदिन्छ रगतिशील रगतबेग रोकिन पुग्दछ,यस्तो अवस्थाबाट हुने स्ट्रोक नै स्केमिक स्ट्रोक हो ।सामान्यतया ८० प्रतिशत स्ट्रोक स्केमिक हुन्छन् । हेमोरेजिक ः रक्तनली फुटेर रगतको चुहावटले पार्ने असरबाटहुने स्ट्रोक लाई हेमोरेजिक स्ट्रोक भनिन्छ र २० प्रतिशत स्ट्रोक हेमोरेजिक हुन्छन् । स्ट्रोक एक आपतकालीन स्वास्थ्य समस्या हो । यसको उपचारमा कुनै ढिलासुस्ति गर्दा समस्याले जटिल रूप लिनसक्ने हुँदा यसप्रति निकै होश पु¥याउनुपर्ने हुन्छ । रोगको प्रकृति हेरी छिटै त्यसको समाधानमा पुग्नु जरुरी हुन्छ । रोग लाग्नुभन्दा पहिले नै होसियार हुनुबुद्धिमानी ठहर्दछ । यस्ता रोगको उपचारमा बिलम्ब गरिएन भने त्यसले भावित जटिलताको न्युनीकरण हुन पुग्दछ । स्ट्रोकको पूर्वलक्षणहरूलाईFAST.(फास्ट) भन्ने सूत्रात्मक कथन छ । F : Face (मुखको माशंपेशी खस्किनु) A : Arm (हात कमजोर हुने नचल्नेजस्ता हुनु) S : Speech ( बोलीमा केही अबरोध देखिने, बोल्न नसक्ने हुनु ) T :Time (अस्पताल जाने समय हुनु) उपचार गर्न वा रोगको लक्षण बुझ्न ढिला नगरभनेर ‘‘फास्ट’’ भनिएको हो । स्ट्रोक रोग भनेको अपाङ्गताकै लक्षण हो । यसलाई रोगीले वा अभिभावकले समयमै ध्यान दिनु अत्यावस्यक हुन्छ ।संयुक्त राज्य अमेरिकाको ‘अमेरिकन हार्ट एसोसिएसन, हार्ट डिजिज एण्ड स्ट्रोकस्ट्याटिस्टिक२०११’ ले दिएको तथ्याङ्क अनुसार वर्षमा एकलाख तीसहजार मानिसको ज्यान स्ट्रोकको कारणलेगएको र स्ट्रोक भएर बाँच्नेहरूको संख्या सत्तरीलाख भएको देखाउँछ ।सोही तथ्याङ्क अनुसार प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिमा यो समस्या देखा पर्दछ र ४ मिनेटमा एकको मृत्यु हुने गर्दछ । उच्च रक्तचाप भएका,रगतमा कोल्स्टेरोल को मात्रा बढी भएका तथा पहिले पनि स्ट्रोक भैसकेका व्यक्तिहरू यो रोगको जोखिम भित्र पर्दछन् । हातखुट्टा लुलो, कमजोर, बोल्न असहज हुनुकासाथै पक्षघातसमेत हुने लक्षणबाट पहिचान दिने यस स्ट्रोक रोग पछिकोपुनस्र्थापना विधिमा विशेषगरी फिजियोथेरापिस्टहरूकै भूमिका महत्वपूर्ण हुन्छ । यस्ताअवस्थाका बिरामीकालागि फिजियोथेरापिस्टहरूले पनि निकै साबधानीपूर्वक बिरामीको शारीरिक अवस्था, क्षमता, उमेर आदिलाई हेरी तदनुसारको विधि अपनाएर मात्र उपचारमा लाग्नु पर्ने हुन्छ । यस्ता उपचारका तरिका उमेरअनुसारका व्यक्तिलाई फरकफरक तरिकाले गरिनु जरुरी छ । कुनै पनि उपचार बिरामीको अवस्था नहेरी गर्नाले प्रतिकुल प्रभाव पर्ने हुँदा यसमा थेरापिष्टको दक्षता र कार्यकुशलता जरुरी हुन्छ । शारीरिक शक्ति बढाउनु, शारीरिक सन्तुलन तथा समन्वयको विकास गर्नु, गतिशीलताको प्रवद्र्धन गराउनु, क्रियाशील क्षमताको विकास गराउनु तथा गुणस्तरीय जीवनको विकास गराउनु आदिमा फिजियोथेरापिष्टहरूको भूमिका केन्द्रित हुने गर्दछ । ब्रुनस्ट्रोम विधि (१९७०), बोबाथ विधि (१९९०),मोटर रिलर्निङ प्रोग्राम (कार्ड सेपर्ड) विधि, रुडस् अप्रोच (१९९६), सि.आई.एम्.टि आदिजस्ता विविध विधिहरू यस रोगको अन्वेषण भई प्रभावकारी प्रयोगमा आएको पाइन्छ । हालै भएका विभिन्न अध्ययनले मोटररिलर्निङ प्रोग्रामलाई बढी प्रभावकारी भएको देखाएको छ । अडियो बायोफिडब्याक ट्रेनिङ, हिप्पोथेरापी, रोबोटिक्स, ट्रेडमिल बेस्ड लोकोमोटर ट्रेनिङ, फङ्सनल इलेक्ट्रिकल स्टिमुलेसन् आदि विधि यस रोगमाहालै भएका उन्नति हुन् । यस्ता विधि विश्वमा निकै प्रयोग भैसकेका छन्र यसको महत्व पनि विश्वका सबैजसो मुलुकले बुझ्दै आएको पाइन्छ । अझै कतिपय रोगहरू र त्यसको उपचारका तरिकाहरू पनि दिनानुदिन बढिनै रहेको पाइन्छ । रोग र उपचार भनेको मुलुक र मुलुकीले पाएको शिक्षामा पनि भरपर्ने कुरा हुन् । धामीझाँक्री र उसको उपचारमा विश्वास लिने हाम्रो समाजले अझै पनि एकपटक धामी कहाँ पुगेर मात्र डाक्टरका,थेरापिष्टका कुरा सुन्ने परम्परा रहेको छ । तर अब भने समाजले शिक्षा र स्वास्थ्यमा वैज्ञानिक तरिकाले आँखा खोल्दै आएको देखिन्छ । यो फिजियोथेरापी विधिको पक्षतर्फ समाज उन्मुख हुँदै आएको देखिएकोले यस्ता रोगका कारण पत्तो लगाई सही उपचार विधितिर लागौँ भनी पाठकवृन्द समक्ष स्ट्रोक रोग र त्यसको उपचारका केही कुरा राखेँ । रोग के हो केकारणले यस्तो भयो र यसको सही उपचार विधि कुन हो त्यसलाई राम्ररी बुझेर मात्र उपचार गरौँ । यस्ता अन्य रोगका लक्षण र उपचारका बारे पनि क्रमशः दिँदै जाने प्रयास गर्दैछु ।

(यति हस्पिटल, बाफल, काठमाण्डौमा कार्यरत घिमिरे एम.पि.टि, न्युरोलोजी हुनुहुन्छ ।)