राष्ट्रिय समाचार

सीप सिकाएर मात्र पुनर्मिलन

By Dhading News

December 06, 2014

ललितपुर, २० मङ्सिर । मनव बेचबिखनबाट प्रभावित व्यक्तिलाई पुनर्मिलन गर्दा पीडित व्यक्तिको अवस्था र कार्यक्षमता हेरी सीप सिकाएर मात्र पुनर्मिलन गरिनुपर्ने सरोकार भएकाहरुले बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका सन्दर्भमा शक्ति समूह र सल्भ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा समूहका अध्यक्ष सुनिता दनुवार र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका शोभा खरेलले मानव बेचबिखनको घटना न्यूनीकरणका लागि युवा जमातलाई परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता टीकाराम पोखरेलले अहिलेको अवस्थामा देशभित्रै पनि एक स्थानबाट अको स्थानमा मानव बेचबिखन गर्ने कार्य बढेकाले नियन्त्रणका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।