राष्ट्रिय समाचार

होटल मालिकद्वारै फ्ल्याट भाडामा लिँदै यौन व्यवसाय

By Dhading News

December 08, 2014

विराटनगर- प्रहरीले कडाइ गर्न थालेपछि विराटनगरमा केही होटल तथा रेस्टुरेन्ट सञ्चाकले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय चलाउने गरेको पाइएको छ आजको खबर डटकमले खबर छापेको छ ।। प्रहरी कडाइका कारण होटेल तथा रेस्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गर्न नपाएपछि उनीहरुले यस्तो गतिविधि गर्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । सञ्चालकहरुले यौन व्यवसायमा होटेल तथा रेस्टुरेन्टमा काम गर्ने युवतीकै प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा प्रहरीले छापामारेर विराटनगर १३ स्थित एउटा घरको फ्ल्याट भाडामालिएर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दे आएका भोजपुर दलगाउँ ६ की सुष्मा राई र उनका पति सन्तोष कटुवाललाई बिहीवार राति पक्राउ गरेको छ । उनीहरु विराटनगर बसपार्कको स्माइल रेस्टुरेन्टका सञ्चाक हुन् । पतिपत्नी मिलेर दिउँसो रेस्टुरेन्ट सञ्चालन गर्ने र बेलुका विभिन्न ठाउँबाट ल्याएका युवतीसँग ग्राहकलाई भेट्टाई दिने गरेको प्रहरीको भनाई छ । ‘ग्राहकलाई युवतीसँग भेट्टाई दिने र पैसाको बार्गेनिङ पनि रेस्टुरेन्ट सञ्चालक आफैँले गर्ने गरेको पाइएको छ’, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले भने, ‘ग्राहकबाट आएको केहशी रकम युवतीलाई दिने र बाँकी आफूले राख्ने गर्दा रहेछन् । स्थानीय बासिन्दाले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय गराउँदा समाजमा नकारात्मक असर परेको गुनासो गरेपछि प्रहरीले छापामारेर केही युवतीसहित रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको जानकारी काफ्लेले दिए । उनका अनुसार युवतीसँग रहेका ग्राहक भने प्रहरी आएको थाहा पाएपछि भागेका थिए । उनीहरुले घरको तल्लो तलामा चारवटा कोठा लिएर यस्तो धन्दा सञ्चालन गर्ने गरेको र एउटा कोठाको मासिक पाँच हजार रुपैयाँ भाडा बुझाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दिनभर होटेलको काम लगाएर रातको समयमा युवतीहरुलाई यस्तो काममा लगाउने गरेको पाइएको छ’ प्रनि काफ्लेले बताएको आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ । रेस्टुरेन्ट सञ्चाकलाई प्रहरीले शुक्रवार सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि म्याद थप गरेको छ । पक्राउ परेका युवतीले रेस्टुरेन्ट सञ्चालकले ग्राहक बोलाएर आफूहरुलाई यौनकर्ममा लगाउने गरेको बयान प्रहरीलाई दिएका छन् । रेस्टुरेन्ट सञ्चालकले ग्राहकसँग लिएको मध्ये आधा रकम मात्र आफूहरुले पाउने गरेको ती युवतीको भनाइ छ । पक्राउ परेका सञ्चालकहरुले होटेल तथा रेस्टुरेन्टमा कडाइ हुन थालेपछि सुरक्षित हुनका लागि फ्ल्याट भाडामा लिएर यस्तो काम गरेको बयान दिएको प्रहरीले जनाएको छ ।