कभर फोटो

खाद्यान्न ढुवानी महंगो हुँदा गाउँले मर्कामा

By धादिङ न्यूज

December 12, 2014

केशव अधिकारी

 (घ्याङसाङ) धादिङ, – सडक सञ्जालले नछोएको धादिङ जिल्लाको उत्तरी भेगका ५ गाविसमा ढुवानीका लागि खर्च बढ्दा गाउँमा  दैनिक उपभोग्य सामाग्री महंगो भएको छ ।

हरेक वर्ष खाद्यान्न अभव हुने तिप्लिङ, सेर्तुङ, रिगाउं, लापा र झार्लाङ गाविसमा अहिलेसम्म सडक पुगेको छैन । जिल्लाका ४६ गाविस र एक नगरपालिका मध्ये हिमाली भेगका यी पाँच गाविसलाई जोड्ने गरि धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण सुरु भएको २३ वर्ष लागे पनि अहिले सम्म पूरा हुन सकेको छैन ।

धादिङबेसी–साङकोष तिप्लिङ सडकको अन्तिम विन्दुका रुपमा रहेको दार्खा गाविसको वडा नम्बर ८ घ्याङसाङ केही वर्ष देखि उत्तरी धादिङको प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । सदरमुकाम धादिङबेसीबाट करिव ३७ किलोमिटरको दुरीमा रहेको घ्याङसाङ सम्म वर्षा याममा बाहेक कच्चि सडक भएर हिउँद भरी मोटर चल्ने गरेको छ ।

सदरमुकाम धादिङबेसीबाट सामान ढुवानी गर्दा स्थानीय व्यवसायीले सामान बोक्ने ट्रकलाई एक किलोको चार रुपैयाँ भाडा तिनुपर्ने भएपछि सदरमुकाममा ९ सय रुपैयाँ पर्ने ३० किलोको एक बोरा चामलको घ्याङसाङ पुग्दा भाडा बापत १ सय २० रुपैयाँ मुल्य बढ्ने व्यवसायीह बताउछन् ।

घ्याङसाङमा एक हजार २० रुपैयाँ तिरेर किनेको ३० किलो चामल जिल्लाको सबैभन्दा विकटमा रहेको तिप्लिङ गाविसको लिङजो गाउँमा पुर्‍याउन खच्चरलाई वोकाउँदा एक किलोको १५ रुपैयाँ भाडा लाग्ने गरेको गाउँलेले बताए । सहज ढुवानीको व्यवस्था नभएका कारण विकटका नागरिक बजार भाउ भन्द झण्डै दोब्बर मुल्य तिरेर दैनिक उपभोग्य सामाग्री खरिद गर्न बाध्य छन् ।

-उज्यालो अनलाईनवाट