मुख्य समाचार

एमाले पोलिटब्युरो सर्वसम्मत, धादिङका ३ जना चयन

By धादिङ न्यूज

December 14, 2014

धादिङ- नेकपा एमालेले महाधिवेशनको पाँच महिनापछि पोलिटब्युरो गठन गरेको छ।पोलिटब्युरो चयनका लागि निर्वाचन कार्यक्रमसमेत तय भइसकेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि आइतबार केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो गठन गरेको हो। धादिङ जिल्लाका ३ जना पोलिटव्युरो सदस्यमा चयन भएका छन । पोलिटव्युरो सदस्यमा चयन हुनेहरुमा राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे र गंगालाल तुलाधर रहेका छन । यस अघिको कार्य समितिमा पनि तीनै जना पोलिटव्युरो रहेका थिए । महाधिबेशनमा राजेन्द्र पाण्डे उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव पदमा पराजित भएका थिए । पोलिटव्युरो सदस्यमा चयन भएका तीनै जना पुर्व मन्त्री समेत हुन ।