हाम्रो पालिका

सिभिक बैकको सेयर दाखिला बन्द

By Dhading News

December 18, 2014

धादिङ,३ पुस- धादिङ जिल्लावाट संचालन भईरहेको सिभिक डेभलपमेण्ट बैकको सेयर दाखिला तथा खारेजी वन्द भएको छ । पुस १६ गते हुने पांचौ बार्षिक साधारण सभा प्रयोजनाका लागि मंगलवारवाट सेयर दाखिला तथा खारेजी वन्द गरिएको सिभिक डेभलपमेण्ट बैकले जनाएको छ । क्षेत्रीयस्तरको एक जिल्ले बैकको रुपमा धादिङ जिल्लामा वित्तिय कारोवार सञ्चालन गर्दै आईरहेको बैकले पांचौं बार्षिक साधारण सभा मार्फत अघिल्लो आर्थिक बर्षको खुद मुनाफा मध्येवाट १५ दशमलव ७९ प्रतिशत अर्थात ७८ लाख ९५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने तयारी गरेको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले बताउनु भयो । साधारण सभामा चुक्ता पँुजी बृद्धिको लागि एक बरावर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेको पनि बैकले जनाएको छ । वजार पुँजीकरण नौ करोड ८८ लाख रुपैया पुगेको बैकको पछिल्लो पटक दुई सय ४७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ । स्टकमा बैकको एक सय रुपैया अंकित मूल्य कायम रहेको चार करोड रुपैयाँबराबरको चार लाख सेयर सूचीकृत भएको पनि महाप्रवन्धक वज्राचार्यले जानकारी दिनुभयो ।