बैरेनी-मानव बेचविखन विरुद्धको चेतनामुलक कार्यक्रम बुधबार धादिङको बैरेनी गाउँ विकास समिति वडा नम्बर ९ बैरेनीमा सम्पन्न भएको छ । वागेश्वरी उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको कार्यक्रम विभिन्न चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरीएको आयोजकले जानकारी दिएको छ । मानव बेचविखन लगायत बालबालिका तथा महिला माथी हुने सबै प्रकारका शोषण विरुद्ध समाजलाई सचेत गराऊने उद्येश्यले माइती नेपाल काठमाण्डौले कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक धु्रवराज खतिवडाको आयोजनामा सम्पन्न कार्यक्रममा माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागाई, प्रशाशन अधिकृत प्रदिप कोइराला, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय अभिभावक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहरुले बैरेनी ८ गल्छी देखी बैरेनी ९ महेश दोभान सम्म माइती नेपालका विभिन्न पोष्टरहरु वितरण गर्दै घरदैलो कार्यक्रम समेत गरीएको थियो ।