राष्ट्रिय समाचार

लोक गायिका विष्णु क्षेत्री  नयाँ एल्बमको तयारीमा

By Dhading News

December 19, 2014

काठमाण्डौं –नेपालको लोकसंगीतको उर्वर भुिमको रुपमा परिचत  पश्चिमान्चलको कास्की जिल्लामा जन्मिएकी लोक गायिका विष्णु क्षेत्री नयाँ एल्बमको तयारीमा छिन् । पश्चिम क्षेत्रमा जन्मिएर पनि काँठ क्षेत्रको गायनमा पनि उत्तिकै दख्खल राख्ने गायक गायिका कमै पाइन्छ । तर, यो क्षेत्रमा आफुलाई अलग्गै बनाएर उभ्याउन सफल भएकी छिन् गायिका क्षेत्री ।

पछिल्लो समय लोक संगित क्षेत्रमा चर्चा कमाउँदै र संचार क्षेत्रमा पनि पुग्न सफल विष्णु क्षेत्री केही समय भित्र नै नयाँ एल्बम लिएर दर्शक तथा श्रोता सामु आउँदैछिन् ।केही समय भित्र नै उनको आफ्नो एकल तथा संयुक्त गरि दुइवटा एल्बम बजारमा ल्याउने क्रममा छिन् । सानै देखि गीत संगितमा रुची राख्ने विष्णु क्षेत्रीले “नशालु हेराई ” बोलको गितमा स्वर दिएपछि उनको चुलो बलाउन, सालैजो लगायतका गित बजारमा आइसकेको छ । निकै मिहेनती, संघर्षशील उनी सफल हुँदै गइरहेकी छिन् । निकै मिहेनती साथै सबैसंग घुलमिल गर्न सक्ने भएकी ले पनि उनी सफलतातर्फ बढेकी उनका सहेँलीहरु बताउँछन् । संचार विना कलाकार अधुरो हुन्छ भन्ने उनी कलाकार र संचार क्षेत्रको नङ र मासु जस्तै सम्बन्ध हुनुपर्ने उनको धारणा छ । उनको स्वर र प्रस्तुतीमा एकल र द्धैध गित बजारमा ल्याउने तयारी मा छिन् उनी । छिटो भन्दा छिटो आउँदैछ उनले भनिन् । यस भन्दा अगाडी पनि तपाईको स्वर र प्रस्तुतीमा एल्बमहरु बजारमा आएको थियो । कस्तो भयो बजार प्रवद्र्धन र कत्तिको सन्तोष पाउनुभयो भन्ने प्रश्नमा सन्तोष मान्नैपर्छ भन्ने जवाफ दिन्छिन् । किन पहिलाको एल्बम बजारमा आउँदा पनि तपाईको चर्चा भएन भन्दा यो समयको दोष हो, कसलाई दोष दिनु । अहिले बजारमा आउने एल्बम कस्तो खालको छ भन्दा उनी पहिला जे भयो अव आफैँ खट्नु पर्ला ।विश्वासमा चल्दा गुमनाम भइयो उनको गुनासो छ । निकै मिहेनती विष्णु लोक गायिका मात्र नभई उनी एक कुशल कार्यक्रम संचालिका अनि मोडल पनि हुन् । बहुमुखी प्रतिभाको धनी विष्णु आफु सफल हुनुमा संचार क्षेत्रको सहयोग, दर्शक श्रोताको मायालाई श्रेय दिन्छिन् । तिनैवटै विद्या गा¥ह्रो ठान्ने उनी कुनै कार्य सजिलो ठान्दिनन तर मिहेनत गरे सफल होइन्छ भन्छिन् । उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, उपत्यका समन्वय समिति चावहिल उपसमितिको सदस्य छिन् । उनको संगितीक जीवन र आउँदै गरेको एल्बम सफल होस् हाम्रो शुभकामना ।

प्रस्तुति  :  किरण अधिकारी