मुख्य समाचार

मोवाईल टावर संचालनमा अवरोध

By धादिङ न्यूज

December 21, 2014

धादिङ–निजी कम्पनीका मोवाईल सेवा संचालन गर्न टावर जडान गरेका सेवा प्रदायक कम्पनीहरु लाई टावर संचालनमा स्थानीय युवाहरुले अवरोध पुरयाए पछि संचालन हुन सकेका छैनन । धादिङ सदरमुकाम लगायत ग्रामिण स्तरमा जडान गरिएका एन सेल र स्माट टेलिकमका जडान गरेका संरचना संचालन हुन नसकि उपकरणहरु निर्माण स्थलमै थन्केका छन् । स्मार्ट टेलिकमले मुलपानी–२,स्थानीय जीवनवहादुर थापाको जग्गामा मोवाईल संचालनका लागि २०६९ असोज २२ मा जडान गरिएको टावर र उपकरण उपयोग विहीन अवस्थामा थन्केका छन् । ‘स्थानीय युवाहरुले युवा संस्था,शहिद कोष भन्दै लाखौं रकम माग्न थाले पछि संचालनको साटो डिस्मेन्टल गरर अन्यत्रै लैजान वाध्यता भएको स्मार्ट टेलिकमका कर्पोरेट कम्युनिकेसन प्रमुख पवनसिंह शाक्यले वताए । शाक्ले उपकरण र टावर झिक्न स्थानीय प्रसासनमा सुरक्षा समेत माग गरे पछि जिल्ला प्रहरीले फुलखर्क प्रहरी चौकी वाट सुरक्षा व्यवस्था गरि दिएकोछ । शाक्यले‘कम्पनीले विद्यालयहरुमा शौचालय निर्माण गर्न लगानी गर्ने विकल्पलाई पनि स्थानीय युवाहरुले नमानेर व्यक्तिगत रुपमै लाखौं रकम माग गर्न थाले पछि कुरा नमिलेको’–शाक्यले वताए । मुलपानी–९, हुराडा“डामा जडान गत ३ वर्ष अघि जडान गरिएको निजी मोवाईल कम्पनी एन–सेलको टावर स्थानीयवासीले संचालनमा ल्याउन दिएका छैनन् । स्थानीय शहिद स्मृती संस्थाले लाखौं रकम माग गरेर टावर जडान गरिएको जग्गाधनी प्रेमवहादुर तामाङको घरवाट जडान गरिएको विद्युत लाईन काटि दिए पछि हाल सम्म संचालनमा आउन सकेको छैन । सदरमुकाम धादिङवेंसीमै पनि विगत २ वर्ष देखिको भाडा नतिरे पछि एनसेल मोवाईल गत एक वर्ष देखी ठप्प छ । ‘ एनसेल संग भएको ५ वर्षे संझौता समाप्त भै थप २ वर्ष सम्म पनि संझौता नविकरण र भाडा नवढाए पछि टावर हटाए पनि उपकरण आफै संग वन्धक रहेको ’–सदरमुकाम वीचवजार स्थित घरधनी नारायण श्रेष्ठले वताए । गत एक वर्ष देखी मोवाईल टावर सैंचालनमा नआए पछि सदरमुकामका हजारौं ग्राहक मर्कामा परेका छन् ।