मुख्य समाचार

नेपाली काँग्रेसका बरिष्ठ नेता देउवा महोत्सव उद्घाटनको लागी धादिङमा,

By Dhading News

December 22, 2014

 

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको उद्घाटन गर्नको लागी पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा धादिङ आउनु भएको छ । लामो समयपछि धादिङ आउनु भएका नेता देउवालाई काँग्रेस कार्यकर्ताहरुले विभिन्न स्थानमा स्वागत गरेका छन् । काँग्रेस भित्रको भिन्न क्षमता र शक्ति भएका नेता देउवाले के बोल्छन् भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ । तामझामको साथ धादिङ आउनुभएका बरिष्ठ नेता शेरबहादुर देउवाले धादिङका काँग्रेस कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यकर्ता भेटघाटपछि उहाँ महोत्सव स्थल रायटार तर्फ जाने कार्यक्रम रहेको छ । पुर्व प्रधान्मन्त्री देउवा धादिङ आउने भनेपछि विहानैदेखी धादिङको सुरक्षा अवस्थामा कडाई पारीएको छ । कार्यक्रम उद्घाटन पश्चात देउवा आजै काठमाण्डौं जाने कार्यक्रम रहेको छ ।