मुख्य समाचार

धादिङमा मानवअधिकार उल्लङ्घनका घट्नाहरु बढ्दै

By Dhading News

December 26, 2014

धादिङ-सन् २०१४ मा धादिङ जिल्लामा मानव अधिकार उल्लङ्घन सम्बन्धि ५१ वटा घटना भएको इन्सेकले तथ्याङक सार्वजनिक गरेको छ । इन्सेक धादिङले बिहिबार धादिङबेसीमा सार्वजनिक गरेको सन् २०१४ गरेको वार्षिक प्रतिवेदनमा ३ वटा हत्या, महिला बलात्कार र प्रयासका घटना १६, पारिवारिक हिंसा सम्बन्धि १०, बहुविवाहसंग सम्बन्धित ७, अमानवीय व्यवहारका ३ वटा घटना भएका छन् । प्रतिवेदन अनुसार धादिङमा बलात्कारसंग सम्बन्धित १६ वटा घटना भएका छन् । पछिल्लो समय धादिङमा बलात्कारका घटना बढी रहेको पाइएको उल्लेख गर्दै इन्सेक प्रतिनिधि सिताराम अधिकारीले यस क्षेत्रमा काम गर्ने संस्थाहरुलाई चुनौती थपिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, पुर्व बार एसोसिसनका अध्यक्ष तथा अधिवक्ता टंक कुकार श्रेष्ठ, प्रहरी निरिक्षक बासुदेव थापा लगायतको सहभागिता रहेको थियो ।