राष्ट्रिय समाचार

देशभरका होमस्टे संचालकहरुको संस्था दर्ता

By Dhading News

December 26, 2014

काठमाडौं  ११ पुुुस -देशभर छरिएर रहेका घरवास (होमस्टे)को छाता सङ्गठन नेसनल होमस्टे एसोसिएसन जिल्ला प्रशासन कार्यालय काठमाडाँैमा आज दर्ता भएको छ ।

पर्शुराम चौधरी (बर्दिया)को संयोजकत्वमा गठित एसोसिएसनमा कृष्णप्रसाद आर्चाय (कास्की) सचिव, राजकुमार लामिछाने (भक्तपुर) सहसचिव केशवप्रसाद बडाल (काभ्रे) कोषाध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरुमा यदुमणि निरौला (सङ्खुवासभा) भीम केसी (काठमाडाँै) जानकीकुमारी बस्याल (पाल्पा), बद्रीलक्ष्मी गुरुङ (कास्की), शारदा आचार्य (काठमाडाँै) माया शेर्पा (काठमाडाँै), सुखरत्न ब्रह्मचार्य (ललितपुर) प्रनिता तुलाधर (ललितपुर) पूर्णचन्द्र उपाध्याय (बाँके) रुपेश गुरुङ (कास्की) र सुरज बाँस्तोला (भक्तपुर) हुनुहुन्छ ।

पर्यटन वर्ष २०११ मनाउने सन्दर्भमा सरकारले होमस्टेलाई औपचारिक रुपमा दर्ता गर्न थालेको थियो । पाँच विकास क्षेत्रमा पर्यटन सेवा कार्यालयबाट निःशुल्क होमस्टे दर्ता हँुदै आएका छन् ।

नेपालका अधिकांश जिल्लामा व्यक्तिगत र सामुदायिक होमस्टेहरु दर्ता भई सङ्गठित हुने क्रममा रहेका छन्् । स्थानीय कला, संस्कृति तथा रहनसहनको जर्गेनामा होमस्टेहरु कोसेढुङ्गा सावित हँुदै छन् ।

पछिल्लो समय बाह्यभन्दा आन्तरिक पर्यटक होमस्टेमा रमाउन थालेका छन् । दिगो पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायलाई पर्यटनको लाभ पु¥याउने उद्देश्यसहित गठन भएको होमस्टेहरुको प्रथम राष्ट्रिय सम्मेलन २०७१ चैतभित्र गर्न लागिएको संयोजक पर्शुराम चौधरीले बताउनुभयो । रासस