कभर फोटो

प्याव्सन दिवसमा खेलकुद कार्यक्रम

By धादिङ न्यूज

January 08, 2015

धादिङ पौष २४ गते ÷धादिङका सबै नीजि विद्यालयहरुलाई मर्यादित बनाउन अति आवश्यक रहेको धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । प्याव्सन धादिङको आयोजनामा विहीवार धादिङबेसीमा आयोजित २५ औं प्याव्सन दिवसको अवसरमा आयोजित जिल्ला स्तरी प्याव्सन कप २०७१ को उद्घाटन समारोहमा बोल्नु हुँर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यस्तो बताउनु भएको हो ।

निजी विद्यालयहरुले ब्यवसाय मात्र नगरी समाज

रुपान्तरण को माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ उन्मुख हुंदै जानुपर्ने उहाँले बताउनु भएको छ । यसै गरी कार्यक्रममा वोल्नुहुंदैं जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरीक्षक रामचन्द्र इटनीले नीजि तथा संस्थागत विद्यालयहरु बीच सहकार्य गर्न सके मात्र धादिङ जिल्लामा गुणस्तरीय शिक्षाको विकास हुन सक्ने बताउनु भयो । प्याव्सनमा आवद्ध रहेका ३३ वटा नीजि विद्यालयहरुमा अहिले १८ हजार बालबालिकाहरु अध्ययन गरिरहेको प्याव्सनले जनाएको छ । सामुदायिक विद्यालयहरुको तुलनामा नीजि विद्यालयहरुको नीति, सिद्धान्त र दृष्टिकोण फरक रहेको बिद्यालय निरीक्षक इटनीको भनाई छ । नेपाल सरकारले ८७ अर्ब बजेट छुट्याउँदा शिक्षा क्षेत्रमा १७ प्रतिशत मात्र बजेट छुट्याउनेगरेकोपनि इटनीले वताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै एन प्याव्सन धादिङका अध्यक्ष कृष्णप्रसाद दाहालले धादिङ जिल्लाको खेलकुदको विकाससँग शिक्षा क्षेत्रको समेत विकास भएको बताउनु भयो । प्याव्सन धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, प्याव्सन धादिङका बरिष्ठ सल्लाहकार नवराव ओझा, शान्तबिक्रम बाँनिया, विनोदमान श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति धादिङका प्रमुख कृष्णलाल श्रेष्ठ,एन प्याव्सन धादिङका अध्यक्ष दाहालका साथै विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको आतिथ्य रहेको थियो । यसै गरी प्याव्सन दिवसको अबसरमा ३ दिवसीय छात्र÷छात्राको लागि भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ । जसमा छात्र तर्फ ७ र छात्रा तर्फ ५ गरी १२ वटा विद्यालयहरुको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बल सर्बिस गरेर उद्घाटन गर्नु भएको थियो । चिल्ड्रेनपार्क आवासीय उच्च माविमा आयोजना गरिएको खेलकुद कार्यक्रमको उदघाटन कार्यक्रम शुरु हुनु अघि जिल्लाका विभिन्न निजी बिद्यालयको सहभागितामा धादिङबेसी पुलचोकवाट झांकी सहितको ¥याली निकालिएको थियो ।