कभर फोटो

भुजेलको उपचारका लागि अष्ट्रेलियामा रहेका धादिङवासीहरुको सहयोग

By धादिङ न्यूज

January 12, 2015

धादिङ–अष्ट्रेलियामा रहेका धादिङवासीहरुको पहलमा मृगौला रोगवाट पिडित धादिङ गोगनपानीका होमवहादुर भुजेलको उपचारका लागि पांच सय डलर आर्थिक सहयोग गरिएको छ ।

धादिङ जिल्लावाट अष्ट्रेलियामा पुगेकाहरुको साझा संस्थाको रुपमा काम गर्ने गरी चार महिना अघि समाजको गठन गरिएको थियो ।समाजको स्थापनाकै वेला होमवहादुरलाई मृगौलामा समस्या देखिएपछि उहांको उपचारमा परिवारले निकै सास्ती खेप्नु परेको थियो । आर्थिक अभावका कारण बुबाको उपचार गराउन समस्या भएको भन्दै भुजेलकी छोरी छोरी निर्मलाले सहयोगका लागि गरेको आग्रह गरेपछि समाजका पादधिकारी तथा कार्यसमितिका साथीहरुवाट संकलन गरी केही सहयोग गरौं भन्ने भावनाले ५ सय डलर सहयोग गरिएको समाजका अध्यक्ष रविन कार्कीले वताउनु भयो । समाजले संकलन गरेको रकम उसुका राष्ट्रिय खेलाडी गोगनपानीका स्थानीयवासी वेगवहादुर पाण्डे मार्फत भुजेललाई आईतवार अस्पतालमै पुगेर हस्तान्तरण गरिएको धादिङ अष्ट्रेलिया समाजका संरक्षक एवम जनसम्पर्क अधिकृत  किरण अधिकारीले जानकारी दिनु भयो । भुजेलको उपचारका लागि उनको परिवारले लार्खौ रुपैया खर्च गरिसकेको छ ।