खोजखबर

बन्दबाट दिक्क भएकाहरुको साझा अभियान– ‘से नो टु बन्द’

By धादिङ न्यूज

January 13, 2015

काठमाडौं, २९ पुस –बन्द सधैंका लागि बन्द गर्ने प्रतिबद्धता जनाएका दलहरु फेरि बन्द हडतालमा उत्रिएपछि नागरिकस्तरबाट बिरोधका स्वर बढ्न थालेको छ । संविधान पर्खेर बसेका नागरिकलाई उल्टो बन्दको मार थोपरेपछि ठाउँठाउँमा प्रतिरोध पनि भैरहेका छन् ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा ‘से नो टु बन्द’ भनेर अभियान नै सुरु भएको छ ।

धेरैले बन्द आह्वान गर्नेलाई गाली गरेका छन् । सामाजिक सञ्जालमार्फत युवाहरुले बन्द सधैंका लागि बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा व्यक्त केही विचार यस्ता छन् :

Keki AdhikariKekiAdhikari 

बन्दले कुनै पनि समस्याको समाधान निम्त्याउन सक्दैन बरु समस्या थप्ने काम गर्छ

विरोचन पराजुली birochan1 

लुकेर हान्नी क़े का क्रान्तिकारी ….थुक्क लाछीहरू राजनीतिको नाममा जनतालाई कति दुक्ख दिन्छौंsayNobanda

Sujan C PaudelSujanPoudel 

नामर्द बन्द कर्ताहरु !! सक्छौ भने आफ्ने नेताको कुकर्मको बिरोधमा तिन्कै मुख बन्द गर न । जनताको खाने मेसै बन्द गरेर हुन्छ ?? saynobanda

Roopess™ ‏Roopess 

“म र मेरो जाति” बाहेक अरु नसोच्ने प्रवृत्तिको विरोध गरौं। SayNoBanda

salokya ‏salokya 

नेपाल खुल्ला छ। सबै बन्दको अवज्ञा गरौँ SayNoBanda

S दिनेश ‏DineshNepali20 

“नेपाल खुल्ला छ नेपाल बन्द छैन” आउनुहोस हातेमालो गरौ।बन्दको विरोध गरौ।आज ११ बजे सहिदगेट जाउ!! धेरै सहियो अब कति सहने?सबैमा अपिल!!

Tara Nath Dahal ‏tndahal7 

जबरजस्ती र भयभित पारेर बन्ध गराउनु बन्धक बनाउनु हो,(असहयोग र समर्थन कदापी होईन)!आम जनताको मन दुखाएर के पाइन्छ?

-उज्यालो अनलाईनबाट